दुहबी नगर प्रहरीको दिक्षान्त सम्पन्न

  • मंसिर २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ दुहबी नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

पुर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गण तालिम केन्द्रमा दुहबी नगरपालिकाका नगर प्रमुख बेद गच्छ्दारको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख गच्छादारले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरिक्षक तथा जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे ।

‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिम सम्मको जिम्मेवारी सुनसरी प्रहरी तालिमलाई सुम्पेका थियौं,’ नगर प्रमुख गच्छादारले भने, ‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन ।

गतिशील दुहबी नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगर प्रहरीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’

यस्तै दंगा नियन्त्रण प्रहरी गण दुहबी कोशी प्रदेश प्रहरी तालिम केन्द्रका एस पी नारायण प्रसाद चिमरियाले नगर पालिकाले नगर प्रहरीलाई यस खालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे ।

उनले प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटीको अनुशासन, सामूहिक भावनाको विकास, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताका साथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

समारोहमा दुहबी नगरपालिकाका प्रशासकीय अधिकृत राजकुमार केसीले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरी दीक्षित भई जाने प्रशिक्षार्थी नगर प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गरे ।

दुहबी नगरपालिकामा कङोइको कमाण्डमा दुई जना महिला प्रहरी जवान, दुई जना प्रहरी हवलदार सहित ९ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ ।

दिक्षान्त समारोहमा दुहबी नगर उपप्रमुख मेनुका खतीवडा जिल्ला प्रहरी कार्यलय इनरुवाका एसपी बिपिन रेग्मी, दुहबी नगरपालीकाका १२ वटै वडाका वडा अध्यक्षहरु, सदस्यहरु र कार्यपालिकाका सदस्य, मिडियाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवानलाइ नगर प्रमुख गच्छादरले पुरष्कार वितरण गरेका थिए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved