देश बनाउन एमालेको एकल बहुमत आवश्यक:ओली

  • मंसिर २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।

उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । ओलीले भने, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’

ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताए ।

उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी छ । ओलीले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’ एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ ।

त्यसै गरि उनले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नवाला नभएको टिप्पणी गरेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने बताए । ओलीले भने, ‘यो कुहिएको फलजस्तो भएको छ, यसलाई झारेन भने पनि आफैं झर्छ ।

यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन ।’
उनले एमालेलाई सिध्याउँछु, मार्छु भन्ने नदेख्न चेतावनी दिए ।

अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको ओलीको जिकिर छ ।

‘एमालेसँग एक्लै कोही लड्न सक्दैनन् । कसैले दाहिने हात, कसैले देब्रे हात कसैले जीउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोज्दैछन् । तर, हामीलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् ।

एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’ मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै संकटमा पर्ने उनको दाबी छ । देशको बर्बादी एमालेले हेरिरहन नसक्ने उनको भनाइ छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved