पहिचानवादीलाई प्रहरीद्वारा पक्राउ

  • मंसिर २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

सुनसरी/ कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचानवादीले गरेको कोशी प्रदेश बन्दको चेतावानी दिएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा एमालेको अभियान कोशी प्रदेश प्रवेश गरे सँगै पहिचानवादीले बन्दको घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पछि रिहाइको माग गर्दै थप आन्दोलनको चेतावनी पनि दिएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती लगायतका पहिचानवादी नेताहरूलाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।
बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ ।

समितिले आन्दोलनका क्रममा पक्राउ गरिएका पूर्वमन्त्री किराँती, जसपा नेता राजेश राई, हलेसी तुवाचुङ युवा सहसंयोजक गन्धमान राई, विजय राई, उदिम राई, विदुर राई, मीना राई, जसपा प्रदेश सदस्य दिनेश राईलगायतलाई तत्काल रिहा माग गरेको छ ।

समितिले मंगलबार विज्ञप्ति निकाल्दै पहिचानको खिल्ली उडाउन केही अवाञ्छित तत्वहरूको यस क्षेत्रमा गतिविधि बढेपछि पहिचान रक्षाको लागि यस संयुक्त संघर्ष समितिले घुर्मीदेखि लेगुवा घाटसम्मको मध्यपहाडी लोकमार्ग बन्द आह्वान गरेको हो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved