एन्फा प्रसिडेन्ट कप २०८० न्युस्टार क्लब सुनसरीको फराकिलो जित

  • मंसिर २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान/ कोशी प्रदेशको फुटबल संघको आयोजनामा भएको प्रेसिडेन्ट कपको दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ ।

धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई.५–१.गोलको फराकिलोे जित हात पारेको हो ।

न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ र ४५ औ मिनेटमा गोल गरेका थिए । यसैगरी सुस्मित बस्नेले खेलको ३० र ४२ मिनेट र रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए ।

धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए ।

खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशान्त चौधरी घोषित भए ।पौष ६ गते सम्म चल्ने प्रतियोगिता अन्तर्गत शुक्रबार राष्ट्रिय जागृति क्लब सुनसरी र मिल्स भेट्रान क्लब मोरङबीच हुनेछ ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर,

झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved