उनन्तीस वर्ष पछि भवन  उद्घाटन

  • पुष १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान वडा नं. ३ स्थित गौधारासंगै रहेको नेपाल अर्वुद रोग निवारण संस्था सुनसरी जिल्ला शाखाको नव निर्मित भवनको उद्घाटन भएको छ । शनिबार कोशी प्रदेश सभासद रमेश कुमार बस्नेतको प्रमुख आथित्यमा नव निर्मित भवनको उदघाटन् भएको हो ।

२०५१ साल फागुन १३ गते तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले भवन शिलान्यास गरेका थिए ।

अर्बुद अर्थात क्यान्सर रोग सम्वन्धी जनचेतनामूलका कार्यक्रमहरु आयोजना गर्ने एवम उपचारात्मक कार्यका लागि कुनै संस्था नभएको अवस्थामा नेपाल अर्वूद रोग निवारण संस्था सुनसरी जिल्ला शाखा धरानको स्थापना गरिएको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताए ।

२०५१ सालमा शिलान्यास भएको भवन निर्माण गर्न रकमको अभावमा धेरै बाधा र अड्चनहरु खेप्नु परेको सो शाखाको सचिव सुयोग पाख्रिनले बताए ।

उनले धरान उपमहानगरपालिका, ३ नं. वडा कार्यलय, नेपाल अर्वूद रोग निवारण संस्था केन्द्रिय कार्यलयको आर्थिक सहयोग त्यसैगरी रम्भादेवी कर्माचार्य, कृष्ण प्रसाद श्रेष्ठ, गुल्जारीलाल अग्रवाल, युगल कुमार श्रेष्ठ, प्रीतमान लिम्बु, छत्र शाक्य,

अम्विका राई, अजमल हुसेन, कमल पोख्रेल, मनिष खड्गी, डा.त्यागीनाथ नेपाली बाबा, साधना देवी श्रेष्ठ लगायतको व्यक्तिगत सहयोगमा सो भवन निर्माण भएको बताए ।
भवन उदघाटन भए पछि ३ नं.वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने उपसभापति विकास कुमार बनेपालीले बताए ।

उनले यस आधारभूत स्वास्थ्य केन्द्रसँग सहकार्य गर्दे स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभासद रमेश कुमार बस्नेतले पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले आफ्नो निर्वाचित क्षेत्रबाट विजयी भएर गएपछि भवनको शिलन्यास गरिएको बताए । उनले जे होस लामो समयपछि भवन उद्घाटन भएको बताए ।

उनले यस भवनको दिगो पनको लागि वडा कार्यलयको समन्वयमा हुने बताए ।

विशेष अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले तीस बर्ष अघि शिलान्यास भएको भवन अहिले निर्माण सम्पन्न भएको अवस्थाले हाम्रो देश कसरी चल्दैछ भन्ने कुरा पुष्टि गरेको बताए । उनले देशै भरी नै योजना बनाउँदा श्रोत र साधनले पुग्ने गरी बनाउनु पर्ने बताए ।

भर्खरै केन्द्र सरकारसँग भेट गरेर आएका उपमेयरले देशको राष्ट्रिय गौरवका आयोजना होस या अन्य सामान्य आयोजनाका कार्यरत ठेकेदारले पैसा नपाएको अवस्था रहेको बताए ।
धरान ३ नं. वडाका अध्यक्ष विद्या शाक्यले यस भवनको निम्ति हरेक बर्ष केही बजेट छुट्याउने बताए । उनले अर्बुद रोगलाई प्राथमिकता राखेर उपमहानगरपालिकाले डाक्टरहरु ल्याउन चाँजो पाँजो मिलाउन उपमेयर अईन्द्र विक्रम वेघालाई अनुरोध गरे ।

कार्यक्रममा १५ नं. वडाका अध्यक्ष नरेश ईवारम, उद्योग बाणिज्य संघ सुनसरी धरानका अध्यक्ष विजय श्रेष्ठ, विपि अस्पतालका प्रा.डा. विक्रम श्रेष्ठ, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

नव निर्मित भवन उदघाटन पश्चात जिल्ला सभा हुने र सभाबाट नयाँ नेतृत्वको चयन हुने उपसभापति बनेपालीले जानकारी दिए ।

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved