मुक्ति समाजको ३६ औं स्थापना दिवस दलित अभियन्ता नेपाली र पोर्तेल पुरस्कृत

  • पुस ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

विराटनगर/  नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा पौडेल कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमंत्री हिक्मत कार्की,

नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले हस्तान्तरण गरे ।

पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव र पोर्तेल सचिव हुन् ।

मुक्ति समाजको स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटीलाई आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश कमिटीले स्थापित गरेको सो पुरस्कार वितरण गरिएको हो । बुधबार देश व्यापी रुपमा मुक्ति समाजको ३६ औं स्थापना दिवस मनाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved