पहिचानवादीको एमाले केन्द्रित विरोधलाई जनताको अस्वीकार : शंकर पोखरेल

  • पुस ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रित विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन् ।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको गुनासो गरे ।

एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए ।

त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ । ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि,

अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’, उनले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो । जे भएको छ, कोशीमा जायज छ ।’ पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसाबले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने पोखरेलले सुझाव दिए ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाइ घटाउनुपर्ने समेत उनले बताए ।

एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए । प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाइ घटाउनुपर्ने पोखरेलले बताए ।

यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए ।

यात्रामा आफूहरूलाई जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको भन्दै पोखरेलले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थ राजनीतिमा नयाँ नयाँ योगदान दिएको दावी गरे ।

एमाले अध्यक्ष केपी ओलीप्रति वृद्धवृद्धा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाइएको भन्दै उनले यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि दावी गरे ।
पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएकोमा जोड दिए ।

यात्राको क्रममा सुन्तला र स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाइभर्सनको काम भइरहेको उनले बताए । कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved