प्रधानमन्त्री पार्क सहितका ठूला परियोजना अनुगमन

  • पुष ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ ।

बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।

मेयर कोइरालाले निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् । त्यसैगरी सोही टोलीले विराटनगर ४ स्थित धावाबन्दी (इक्राही)को सडकको समेत अनुगमन गरेको थियो । जग्गा विवाद हुँदा सो स्थानमा सडक निर्माण अवरुद्ध भएको छ ।

मेयर कोइरालासहितको टोलीले निर्माणस्थलमै पुगेर स्थानीयसित छलफल समेत गरेको छ ।

महानगरको प्राविधिकले नक्साअनुसार नापेर छुट्याएपछि निर्माण सुरु गर्ने स्थानीय सित सहमति भएको छ । त्यसैगरी बुधबार नै मेयर कोइराला र उपमेर कार्कीसहितको टोलीले विराटनगर ६ स्थित शान्तिचोक–केशलिया रोड सडकको समेत अनुगमन गरेको छ ।

महानगरको करिब ४ करोडको लागतमा निर्माण भइरहेको सो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । महानगरको आन्तरिक स्रोतबाट निर्माण भइरहेको उक्त सडक विएफएम दक्षिणमा नाला विवाद रहेको छ ।

टोलीले स्थानीय घरधनीसित छलफल गरेपछि सडक निर्माण अगाडि बढाउने समझदारी भएको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत प्रधानमन्त्रीपार्क सहित ४ करोडभन्दा माथिको लागतमा मण्ठापोखरी, रानीपोखरी, बाल उद्यान, सन्ध्याकालीन आरती, महानगरको प्रशासनिक भवन, बहुप्राविधिक विद्यालयलगायत धमाधम निर्माण भइरहेको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved