बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै

  • पुष ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt - भगिरथ भण्डारी

इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ ।

इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो ।

दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेको देखिन्छ ।

इलाम नगरपालिकाको अनुमतिमा नगर प्रतिष्ठानको मुख्य आयोजनाबाट हाउजी खेल सञ्चालन भएको थियो ।

नगर प्रतिष्ठानको मुख्य आयोजनामा भएको उक्त खेलमा अन्य नौ वटा संस्थाको समेत संलग्न छ । खेल खेलाउन दैनिक उठाइएको रकममा भ्रष्टाचार भएको भन्दै सामाजिक रूपमा प्रश्न उठेपछि हिसाब पारदर्शिता गर्ने आयोजकले कोसिस गरे पनि हिसाब नराखेको कारण दैनिक विवरण देखाउन नसक्नुले रकम बनेको छ ।

गोलमाल बनेको रकम तत्काल हिसाव सहित सार्वजनिक गर्ने भने पनि अहिले सम्म आयोजक चकमन्न छ ।

प्रत्येक वर्ष इलाम नगरपालिकाको स्वीकृति लिएर कुनै न कुनै संस्थाले हाउजी खेलाउने गरिएको छ ।

यस पटक इलाम नगरपालिका, नगर खेलकुद प्रतिष्ठान, जिल्ला फुटबल सङ्घ, रेडहर्स फुटबल क्लब, माइभ्याली फुटबल क्लब, इलाम नगर साहित्य प्रतिष्ठान, तेक्वान्दो सङ्घ, इलामका सहयोगी हातहरू र ब्याडमिन्टन सङ्घले संयुक्त रूपमा हाउजी खेलाउने अनुमति पाएका थिए ।

अनुमतिका लागि स्पष्ट मापदण्ड के हो भन्ने चाहिँ कतै उल्लेख छैन ।
लाखौँ रुपैयाँको चिट्ठा कारोबार भएको हाउसीको आय–व्यय विवरण आयोजकले देखाएकैमा विश्वास गर्नुपर्ने अवस्था छ ।

सिङ्गो खेलमा भएको आम्दानी र खर्चको विवरणको लेखा परीक्षण हुँदैन । आयोजक संस्थाले आफ्नो लेखा परीक्षण गराउँदा हाउसीबाट भएको आम्दानीसम्म देखाउन सक्छन् तर खर्च चाहिँ त्यहाँ पनि देखिँदैन । त्यसैले ठुलो आर्थिक कारोबार लेखा परीक्षण बिनै गुज्रिरहेको छ ।

हाउजी बिङ्गो खेलको दुई दिनअघि असोज २६ मा नगरपालिकामा बसेको आयोजकको बैठकमा मेयर केदार थापा र प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कासमेत सहभागी थिए ।

स्थानीय सरकारकै संलग्नतामा सञ्चालन भएको अवैध खेल हाउसीको हिसाब गोलमाल सम्बन्धी स्थानीय सरकार मूकदर्शक बनेको छ । खेल सम्पन्न पश्चात् पत्रकार सम्मेलनमा रहेका नगर प्रमुख केदार थापाले खेल जेजस्तो भए पनि इलाम बासीले यसलाई राम्रो बुझिदिनु पर्ने बताएका थिए । तर हिसाब गोलमालको विषयमा नगरपालिका चक मन्न छ ।

खेल खेलाउन अनुमति दिएको नगरपालिकाले आर्थिक हिनामिनाको विषयमा चुप लागेर बस्नुले स्थानीय सरकार माथि नै प्रश्न उब्जिन थालेको हो ।

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार ४१ दिन खेलाइएको बिङ्गोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको देखाए पनि हिसाब पारदर्शी बन्न नसक्दा लाखौँ रुपैयाँ गोलमाल भएको पाइएको हो ।

आयोजकले टिकटको यकिन तथ्याङ्क नै दिन नसक्नुले हचुवाका तालमा खेल खेलाएर आर्थिक चलखेल गरेको प्रस्ट हुन्छ । आयोजकले खेलमा टिकट खरिद, दैनिक बिक्री, बचत र पुरस्कार कति रहेको भन्ने तथ्याङ्क दिन नसकेपछि संस्थाको कमजोरी रहेको प्रतिष्ठानका उपाध्यक्ष गणेश खतिवडा बताउँछन् ।

तर आर्थिक हिनामिना भने नभएको आयोजक दाबी गर्दे आएको छ ।

नौ वटा संस्थाको संयुक्त आयोजनामा भएको खेलको नेतृत्व नगर खेलकुद विकास समितिले लिएको थियो ।

हिसाबको विवाद आएपश्चात् अन्य संस्थाले पनि गुनासो गरिरहेका छन् । तर मुख्य आयोजक संस्थाले यकिन हिसाब दिन नसकेको लाखौँ रुपैयाँ गुपचुप बनाउन खोजिरहेको छ ।

मुख्य आयोजक संस्थाका एक व्यक्तिले हिसाबको विषयमा केही समय चकमन्न बस्ने त्यस पछि आफै साम्य हुँदै जान्छ भन्ने तयारीमा आयोजक रहेको बताएका छन् ।

गोलमाल भएको रकमको कुनै हिसाब नरहेको हुँदा हिसाब देखाउन नसक्ने भएपछि चुप चाप बस्नुको विकल्प नरहेको श्रोतको भनाई छ ।

बिङ्गो खेल सञ्चालनको दुई दिनअघि नगरपालिकामा बसेको आयोजकको बैठकले प्रत्येक दिनको टिकट विक्रीबाट पुरस्कारमा खर्च भई बचेको रकम इलाम बजारकै एक्सेल डेभलपमेन्ट बैङ्कमा जम्मा गर्ने, हुकुमलाल थेबे, रजत खड्का र नगरका कर्मचारी कमल मैनालीको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर, न प्रत्येक दिन विक्री भएको टिकट सङ्ख्या यकिन भयो, न प्रत्येक दिन रकम नै बैङ्क जम्मा भयो । एकमुस्ट बचत मात्रै देखाएर हिसाबलाई गोलमाल गर्न खोजियो । नगरपालिकाको बैठकमा गरिएको निर्णय समेत कार्यान्वयनमा छैन । हिसाबको विषयमा आयोजकको भावनात्मक उत्तरबाहेक तथ्याङ्कगत हिसाब छैन ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved