सुविधा सम्पन्न अस्पताल बनाउने तयारीमा उद्योगी राउत

  • पुस ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् ।

देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए ।

स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शैया क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ । हाल यसलाई १०० शैयाको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी निर्माण हुन गइरहेको अस्पताललाई आर.आर. इन्टरनेशनल अस्पतालको रूपमा नामाकरण गरिएको छ ।

यस अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा राउतले बताए ।

अस्पताललाई उत्कृष्ट केन्द्रका रूपमा विकास गरी सुपर स्पेसियालिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र बनाउन लागिएको छ, राउतले भने, अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराइने छ ।

यसको अलावा अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मूत्र रोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाड जोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरिएको छ ।

सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने भनिएको छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले उपचार विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने राउतले जानकारी दिए ।

अस्पताल निर्माणमा करिब २ सय ५० करोड लाग्ने अनुमान गरिएको छ । उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका राउतले स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेका हुन् ।

अस्पताललाई एउटा व्यवसायी घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पत्ति र सबै सेवाग्राहीको विश्वासको केन्द्रका रूपमा स्थापित गराउने उद्देश्य राखिएको उनले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved