स्थानीय

    Showing 121-130 of 5,036 items.
  • सुनसरीमा एकैदिनमा ब्राउन सुगर, ट्रामाडोलसहित ४ जना पक्राउ

    इनरुवा/सुनसरी प्रहरीले एकैदिन जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच तथा विशेष अभियानका क्रममा ब्राउन सुगर र ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो मात्रामा लागूऔषध, नगद तथा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले आइतबार साँझ ६:१५ बजे इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण क्षेत्रबाट पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा मोटरसाइकलको ह्यान्डलमा लुकाइछिपाइ राखिएको ५.५५ ग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा रामधुनी नगरपालिका–३ निवासी १७ वर्षी

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्र्याइँदै गरिएको ट्रामाडोल सहित दुई युवक पक्राउ

    धरान/ धरानतर्फ भित्र्याइँदै गरिएको लागूऔषध ट्रामाडोलको ठूलो खेप सुनसरी प्रहरीले बरामद गरेको छ। सुनसरी जिल्लाका दुई फरक स्थानमा गरिएको चेकजाँचका क्रममा प्रहरीले दुई युवकलाई पक्राउ गर्दै हजारौं क्याप्सुल तथा ट्याब्लेट बरामद गरेको हो। साेमबार बिहान ९ः३० बजे बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सिमसार वनको कालाबन्जार–धरान सडकखण्डमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले भारतबाट धरानतर्फ आउँदै गरेको मोटरसाइकल रोकी जाँच गरेको थियो। जाँचका क्रममा भारतको अररिया जिल्ला बेलाहा निवासी २० वर्षीय दयानन्द यादवको साथबाट १ हजार ६ सय ९० क्याप्सुल ट्रामाडोल र रु २७ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएक

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • 360 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता भएको चार दिनपछि रमाको शव भेटियो

    झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवाखोलाको पुलमुनि फेला परेको अज्ञात महिलाको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको हो। जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार शव फेला परेपछि मृतकको पहिचान खुल्न सकेको थिएन। त्यसपछि प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुसहितको तस्वीर सार्वजनिक गर्दै पहिचानका लागि अनुरोध गरेको थियो। मिति २०८३ जेठ १७ गते मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारी ले शव हेरेर सनाखत गरेपछि मृतक रमा तिवारी रहेको पुष्टि भएको प्रहरीले

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल भित्रिँदै गरेका युवक ४८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित पक्राउ

    झापा/ भारतबाट अवैधरूपमा लागुऔषध भित्र्याउने प्रयास गर्दै गरेका एक युवकलाई झापाको काँकरभिट्टाबाट प्रहरीले ठूलो परिमाणको खैरो हिरोइनसहित पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले आइतबार दिउँसो मेचीनगर नगरपालिका–६ स्थित मेचिडाँडामा शंकास्पद अवस्थामा नेपालतर्फ पैदल आउँदै गरेका काठमाडौँको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भारतबाट मेची खोलाको बाटो हुँदै नेपाल प्रवेश गरिरहेका कार्कीमाथि शंका लागेपछि शरीर तथा सामान जाँच गरिएको थियो। जाँचका क्रममा उनले लगाएको ब

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 171 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिदापछि बीपीमा विरामीको ओइरो लाग्ने अनुमान, १७ ओपीडी काउन्टर सञ्चालन गरिने

    धरान/ लगातार तीन दिनको सार्वजनिक बिदापछि सोमबार उपचारका लागि आउने विरामीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष तयारी गरेको छ। विरामीको चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले थप ओपीडी पुर्जा वितरण काउन्टर सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अनुसार पछिल्ला केही सातायता उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ। त्यसमा पनि लगातार तीन दिनको बिदापछि सोमबार एकैदिन हजारौं विरामी उपचारका लागि आउने अनुमान गरिएकाले सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएक

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 932 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकर सिजन–६ का विजेतालाई नगद पुरस्कारसहित सम्मान

    धरान/  धरान उपमहानगरव्यापी वक्तृत्वकला प्रतियोगिता ‘एस.ई.ई स्पिकर, सिजन–६’ का विजेताहरूलाई आइतबार एक कार्यक्रमकाबीच नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सेमिनार हलमा आयोजित कार्यक्रममा आयोजक र्‍याडिकल लाईट नेपाल प्रा।लि। का अध्यक्ष तिर्थ कार्कीले विजेताहरूलाई नगद पुरस्कार वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेकी तमन्ना बान्तवा राई ले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। त्यसैगरी फस्ट रनरअप प्रीन्जा विश्वकर्मा ले ५ हजार रुपैयाँ, सेकेन्ड रनरअप खुशी लिम्बु ले ३ हजार

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री

    काठमाडौँ/ प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे । उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए । उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 119 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्यमा सुधार

    काठमाडौँ/  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए । आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 97 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा अज्ञात महिलाको शव फेला

    झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रहेको रतुवाखोलाको पुलमुनि बगिरहेको पानीमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शव २/३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ। शनिबार बिहान करिब ११ बजे फेला परेको शव रातो भेष्ट लगाएकी महिलाको रहेको प्रहरीले जनाएको छ। शव सेतो प्लास्टिकको बोराभित्र बेरेको अवस्थामा पानीमा तैरिरहेको भेटिएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। शवको पेटको भाग करिब ३०–३२ इन्च जति रहेको र बायाँ हातमा

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक शव फेला, दुर्घटनापछि एकको मृत्यु, दाउ प्रहारबाट युवक गम्भीर घाइते

    झापा/ झापामा शुक्रबार साँझ तीन फरक घटनाले सनसनी मच्चाएको छ। एकातिर सडक छेउमा अज्ञात पुरुषको शव फेला परेको छ भने दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। अर्कोतर्फ पुरानो रिसइबीका कारण दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। राजमार्गबाट तल अज्ञात पुरुषको शव फेला मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेच

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 140 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved