स्थानीय

    Showing १२१-१३० of ५,३३१ items.
  • सिटी सफारीको ठक्करबाट घाइते वृद्धलाई सडकमा छाडेर फरार, वृद्धको मृत्यु भएपछि चालक पक्राउ

    विराटनगर/  विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ। विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प

    • प्रकाशित मितिः भदौ २८, २०८३
    • १५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजल वाचनसँगै मोडर्न प्रिपरेटरीमा मनाइयो मोतीराम जयन्ती

    इटहरी/ युवा कवि तथा नेपाली साहित्यका धरोहर मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा इटहरी–६ स्थित मोडर्न प्रिपरेटरीमा विशेष कार्यक्रम आयोजना गरी मोतीराम जयन्ती मनाइएको छ। वि.सं. २०४९ सालदेखि इटहरीमा शैक्षिक सेवा दिँदै आएको विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टद्वारा रचित विभिन्न गजल वाचन गरेका थिए। विद्यार्थीहरूले मोतीराम भट्टको जीवन, व्यक्तित्व तथा नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्‍याएको योगदानबारे समेत चर्चा गरेका थिए। कार्यक्रममा नेपाली विषयकी शिक्षिका समीक्षा दाहालले मोतीराम भट्टले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्‍याएको योगदानबा

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ८६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा चेक अनादरदेखि लागूऔषधसम्मका ५ फरार प्रतिवादी पक्राउ

    धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–३ का रमेन्द्र पौडेल रहेका छन् । चेक अनादर मुद्दामा अदालतले २०८१ फागुन १७ गते गरेको फैसलाअनुसार उनीबाट पाँच सय रुपैयाँ जरिवाना असुल हुन बाँकी थियो । त्यस्तै, धरान उपमहानगरपालिका–५ की मनिका लिम्बु अभद्र व्यवहार मुद्दामा दोषी ठहर भएक

    • प्रकाशित मितिः भदौ २७, २०८३
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० वर्षसम्म फरार हत्याका दोषी घरबाटै पक्राउ

    विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोषी तीन जना लामो समयपछि पक्राउ परेका छन् । अदालतबाट कैद सजाय तोकिए पनि फरार रहेका बेलबारी नगरपालिका–४ का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा बुधबार राति उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । तीनै जनाविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले २०६१ जेठ १० गते कैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान् र बाबुको हत्या गर्ने आमाछोरा पक्राउ

    पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाबुको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोज्ने आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन। ४८ वर्षीय इन्द्रकुमार दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवको अवस्था र घटनास्थलको प्रकृति शंकास्पद देखेपछि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • २९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणीको आरोप, झापामा ३५ वर्षीय सन्त गणेश पक्राउ

    झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार गणेशले भदौ २० गते राति करिब ९ बजे खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि पीडितले भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै प्रहरी चौकी शरणामतिबाट टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरह

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • ३०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस सुनसरी क्षेत्र नं. १ द्बारा राहत कोषमा ५ लाख सहयोग

    बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो ।  क्षेत्रिय कार्यसमितिले बिहिवार राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइरा

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ७०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलोपटक धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप कात्तिक २८ देखि

    धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । यो प्रतियोगिता रात्रिकालीन हुने आयोजकले जनाएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । क्लबले बिहीबार धरानमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित भारतको एक टोली र विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहने जनाएको छ । प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, भारतको झारखण्डस्थित आक्वा फुटबल क्लब, बागमती फुटबल क्लब,

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • २७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा औषधिको आवरणमा लागूऔषध कारोबारको आशंका, २६ वर्षीय आकाश राई पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ६१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीयले श्रमदान गरेर निर्माण गरे अस्थायी फड्के पुल

    ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा श्रमदानबाट फड्के पुल निर्माण गरिएको छ। स्थानीय युवाले श्रमदान गरेर सिस्ने खोलामा अस्थायी फड्के पुल निर्माण गरेका हुन्। फुङ्लिङ नगरपालिका–१०, फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३, लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा काठ र बाँसको प्रयोग गरेर स्थानीयले फड्के पुल निर्माण गरेका हुन्। खोलामा पानीको बहाव घटेसँगै दुईवटा अस्थायी फड्के पुल निर्माण गरिएको लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले जानकारी दिनुभयो। लिङ्खिम र फुरुम्बु दुवै गाउँका स्थानीयले श्रमदान गरेर अस्थायी पुल निर्माण गरेको लिम्बू

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • १०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved