गजल वाचनसँगै मोडर्न प्रिपरेटरीमा मनाइयो मोतीराम जयन्ती

  • भदौ २७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ युवा कवि तथा नेपाली साहित्यका धरोहर मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा इटहरी–६ स्थित मोडर्न प्रिपरेटरीमा विशेष कार्यक्रम आयोजना गरी मोतीराम जयन्ती मनाइएको छ।

वि.सं. २०४९ सालदेखि इटहरीमा शैक्षिक सेवा दिँदै आएको विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टद्वारा रचित विभिन्न गजल वाचन गरेका थिए।

विद्यार्थीहरूले मोतीराम भट्टको जीवन, व्यक्तित्व तथा नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्‍याएको योगदानबारे समेत चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली विषयकी शिक्षिका समीक्षा दाहालले मोतीराम भट्टले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्‍याएको योगदानबारे प्रकाश पार्दै उहाँ नेपाली साहित्यमा गजल विधाको विकास र साहित्यिक जागरणका महत्वपूर्ण व्यक्तित्व रहेको बताउनुभयो।

नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको विद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षणसमेत बढ्दै गएको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले नेपाली साहित्य र साहित्यकारप्रति विद्यार्थीहरूमा रुचि तथा सम्मान बढाउन सहयोग पुगेको विद्यालयको भनाइ छ। कार्यक्रम शुक्रबार सम्पन्न भएको हो।

1

सुनसरीमा चेक अनादरदे ...

धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ...

४० वर्षसम्म फरार हत् ...

विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोष ...

श्रीमान् र बाबुको हत ...

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाब ...

भाँडा माझिरहेकी महिल ...

झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved