भाँडा माझिरहेकी महिलामाथि जबर्जस्ती करणीको आरोप, झापामा ३५ वर्षीय सन्त गणेश पक्राउ

  • भदौ २६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्।

प्रहरीका अनुसार गणेशले भदौ २० गते राति करिब ९ बजे खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ।

घटनापछि पीडितले भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्।

जाहेरी परेलगत्तै प्रहरी चौकी शरणामतिबाट टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरहेको जनाएको छ।

पीडित महिलालाई स्वास्थ्य तथा शारीरिक परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

४० वर्षसम्म फरार हत् ...

विराटनगर/  मोरङमा ४० वर्षअघि भएको हत्याका दोष ...

श्रीमान् र बाबुको हत ...

पाँचथर/ पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै पति र बाब ...

कांग्रेस सुनसरी क्षे ...

बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यस ...

प्रधानमन्त्री बालेनक ...

काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved