बराहक्षेत्र/ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ कार्यसमितिले भोटेकोशी नदीको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाकालागि ५ लाख रकम सहयोग गरेको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग गरेको हो ।
क्षेत्रिय कार्यसमितिले बिहिवार राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रम आयोजना गरेर नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइराला र जिल्ला सभापति केदार भण्डारीलाई ५ लाख रकमको चेक हस्तान्तरण गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।
क्षेत्रिय सभापति तामाङ्गका अनुसार कार्यक्रममा उपस्थित दाताहरुलाई केन्द्रीय सदस्य राजीव कोइराला, पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य किशोर राई, जिल्ला सचिव माधव घिसिङ, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई(प्रविन) लगायतद्धारा खदा लगाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले भोटेकोशी बाढी नभएर महाप्रलय र महाविपत्ती भएको भन्दै यसवाट पिडित बनेका जनताको राहत र उद्धारका लागि सोचेको भन्दा धेरै रकम संकलन गरी बुझाएकोमा दाता साथीहरुलाई धन्यवाद व्यक्त गर्दै क्षेत्रीय समितिको उच्च प्रशंसा समेत गरेका थिए । उनले मन्तव्यको क्रममा नेपाली कांग्रेसको महाधिवेशन घोषित मितिमै हुने समेत बताए ।
कार्यक्रममा जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारीले सुनसरीका हरेक क्षेत्रवाट एक/ एक लाख सहयोग संकलन गरी पठाउन भनिएको भएतापनि क्षेत्र नं. १ ले ५ लाख संकलन गरी सहयोग गरेकोमा धेरै खुशी लागेको बताउंदै प्रशंसनीय कार्य गरेको बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले धनका धनी नभई मनका धनी भएका पार्टीका नेता साथीहरुले प्रभावित क्षेत्रका दयनीय र दर्दनाक अवस्था भोगीरहेका पिडित जनताको मनमा केही मलम लाउन सकौं र मानवताका आधारमा मानवीय सेवा गरौं भन्ने भावनाले सहयोग गरेको भन्दै सहयोगी सबैलाई धन्यवाद एवम् आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य सुवास राई, महासमिति सदस्य तिलक राई, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, महाधिवेशन प्रतिनिधि ललिता शर्मा अधिकारी, महाधिवेशन प्रतिनिधि रवि राई, संसदीय दल धरानका नेता, धरान १८ का वडा अध्यक्ष तथा नगर उपसभापति नरेन्द्रकुमार राई (प्रविनं), पूर्व महासमिति सदस्य कृष्णप्रसाद सुवेदी(बहुदल कान्छा), नेपाल दलित संघका कोशी प्रदेश संयोजक गोविन्द दर्नाल, नेपाल महिला संघ केन्द्रीय सदस्य कुशुम ओली आचार्य, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, क्षेत्रीय सदस्य लोकमणि शर्मा, क्षेत्रीय सदस्य शिखा चेम्जोङ, महेन्द्र बहुमुखि क्याम्पस धरानका स्ववियू सभापति तथा स्ववियू परिषद नेपालका केन्द्रीय सभापति प्रसान राई, स्वास्थ्य विभाग सदस्य तथा नेपाली कांग्रेस फ्रि जुम्वाका प्रशिक्षक हीना गुरुङ राई, सदस्य भुपती तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।