स्थानीयले श्रमदान गरेर निर्माण गरे अस्थायी फड्के पुल

  • भदौ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा श्रमदानबाट फड्के पुल निर्माण गरिएको छ।

स्थानीय युवाले श्रमदान गरेर सिस्ने खोलामा अस्थायी फड्के पुल निर्माण गरेका हुन्।

फुङ्लिङ नगरपालिका–१०, फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका–३, लिङ्खिम जोड्ने गरी सिस्ने खोलामा काठ र बाँसको प्रयोग गरेर स्थानीयले फड्के पुल निर्माण गरेका हुन्।

खोलामा पानीको बहाव घटेसँगै दुईवटा अस्थायी फड्के पुल निर्माण गरिएको लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले जानकारी दिनुभयो।

लिङ्खिम र फुरुम्बु दुवै गाउँका स्थानीयले श्रमदान गरेर अस्थायी पुल निर्माण गरेको लिम्बूले बताउनुभयो। उहाँका अनुसार मोटरसाइकलसमेत आवतजावत गर्न मिल्ने गरी काठ र बाँस बिछ्याएर फड्के पुल निर्माण गरिएको छ।

सिस्ने खोलामा दुई ठाउँमा फड्के पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो।

-गोरखापत्र अनलाइनबाट

पहिलोपटक धरानमा महिल ...

धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय ...

धरानमा औषधिको आवरणमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

धरान मेघा हिमालयनका ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजक ...

गोमनले डस्यो ८ वर्षी ...

धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved