स्थानीय

    Showing 1,071-1,080 of 4,924 items.
  • धरानमा पानीको राजनीति:कांग्रेस सभापति पोखरेलको प्रहार– 'गाग्री बोक्ने मेयरले गाग्री लुकाए'

    धरान/ धरानमा कोशी खानेपानी आयोजना अलमलमा पर्न थालेको भन्दै नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले नगरप्रमुखमाथि कडा आरोप लगाएका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा बोल्दै पोखरेलले मेयरकै गैरजिम्मेवार व्यवहारका कारण आयोजना अघि नबढेको बताएका हुन्। “रित्तो गाग्री बोक्दै सिंहदरबार पुग्ने मेयरले अहिले पानी खन्याउने बेला गाग्री नै लुकाउनु भयो,” पोखरेलले  व्यङ्ग्य गर्दै भने, “८५ प्रतिशत अनुदान आएको आयोजनालाई अस्वीकार गर्नु धरानका जनतासँग ठट्टा गर्नु हो।” पोखरेलले आयोजनाको शेष १५ प्रतिशत पनि संघीय वा प्रदेश सरकारमार्फत घटाउन सकिने स्पष्ट संकेत दिएका छन्।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 983 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन नवोदय कलेजद्वारा फाइभ स्टार होटलमा अभिमुखीकरण

    धरान/ धरानस्थित युएन नवोदय कलेजले कक्षा–११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीमा रहेको कोशी प्रदेश कै एक मात्र फाइभ स्टार होटल मेची क्राउन मा व्यावहारिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको वास्तविक कार्य प्रणालीबारे अवगत गराउन आयोजना गरिएको उक्त कार्यक्रम मेची क्राउन होटलको सगरमाथा हलमा सम्पन्न भएको हो। सो अवसरमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत, अनुशासन र लगनशीलताको महत्त्वबारे जानकारी गराए। “पाँचतारे होटलको वातावरण कस्तो हुन्छ, सिस्टम कसरी चल्छ भन्ने ज्ञान

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 1,077 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरीले चौथो मेजर श्रवणकुमार स्मृती बास्केटवलको उपाधी

    धरान/ बिद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उपाधी सुनाखरी स्कुलले चुमेको छ । उपाधी सङ्गै सुनाखरी स्कुलले नगद बीस हजार रुपैय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गेरेको छ् । सुनखारी स्कुलले सोमबार भएको फाइनल खेलमा प्याराडाइज स्कुललाइ ५९–४५ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । खेलको पहिलो र दोस्रो क्वाटरमा सुनाखरी स्कुल १८–११ र १८–७ अंकले अग्रता बनाएका थिए । तेस्रो क्वाटर बराबरी १४–१४ अंक जोडेका थिए भने चौथो क्वाटरमा सुनाखरी १३–९ अंकले पछि परेका थिए । उपबिजेता प्याराडाइज स्कुल तरहराले नगद दस हजार, ट्रफी, मेडल र प्रमाणप

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 553 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबल कपको फाइनलमा सुनाखरी धरान र प्याराडाइज तरहरा भिड्दै

    धरान/विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप अन्तर्गतको फाइनल खेलमा सुनाखरी स्कुल धरान र प्याराडाइज स्कुल तरहराले स्थान सुरक्षित गरेका छन्। आइतबार धरान–१६ स्थित इनडोर बास्केटबल कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा सुनाखरी स्कुलले आइडल स्कुललाई ४८–३९ र प्याराडाइज स्कुलले कार्मेल हाई स्कुललाई ३९–३६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्। सुनाखरी र आइडल स्कुलबीचको खेलमा पहिलो क्वाटरमा आइडल ९–७ ले अघि रहेको थियो। तर दोस्रो क्वाटरमा सुनाखरीले २३–६ को फराकिलो अग्रता बनाउँदै लय समातेको थियो। तेस्रो क्वाटर १०–८ ले जितेपछि चौथोमा १६&nda

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 714 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–९ का कार्यपालिका सदस्य बिकास भाटीको कार्यकाल जनसेवामा उदाहरणीय, बजेटबिनै सम्पन्न भए दर्जनौँ विकास कार्य

    धरान/  धरान उपमहानगरपालिका–९ का कार्यपालिका सदस्य बिकास भाटीले आफ्नो तीन वर्षे कार्यकाल (२०७९–२०८२) जनताको साथ र सामाजिक उत्तरदायित्वको भावना सहित उदाहरणीय रूपमा पूरा गरेका छन्। कुनै विशेष बजेट वा सरकारी अनुदान विनै उनले वडास्तरमा उल्लेखनीय भौतिक तथा सामाजिक विकासका कार्यहरू सम्पन्न गरेका छन्। भाटीको नेतृत्वमा सञ्चालित प्रमुख कामहरूमा संचार व्यवस्थापन, सडक मर्मत, स्ट्रीट लाइट जडान, खानेपानी च्याम्बर निर्माण, ट्राफिक सचेतना, सरसफाइ अभियान, खेलकुद प्रवर्द्धनदेखि रेलिङ जडानसम्मका गतिविधि रहेका छन्। गौतमपथदेखि धर्मपथसम्मका खाल्डाखुल्डी टालटुल गरी ‘झिलिमिली महोत्सव&rsq

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,098 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १५मा कोठा भाडामा लिएर लागू औषध कारोबार, दुई पक्राउ

    धरान/धरानमा कोठा भाडामा लिएर लागू औषधको कारोबार गर्दै आएका दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको संयुक्त टोलीले शनिबार साझ (मिति २०८२/०४/१७गते)धरान उपमहानगरपालिका–१५ स्थित एभरेष्ट लाइनमा रहेको भाडाको कोठामा छापा मारेको हो। छापाका क्रममा ३६ वर्षीय हेम बहादुर तामाङ र २८ वर्षीय मिलन थापा मगर पक्राउ परेका छन्। तामाङ धरान–५ का स्थायी बासिन्दा हुन् भने हाल धरान–१५ एभरेष्ट लाइनमा बस्दै आएका थिए। थापा भने धनकुटा घर भई हाल धरान–१६ मा बसोबास गर्दै आएका छन्। प्रहरीले उनीहरूको कोठाबाट २,९१० क्याप्सुल ट्

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलुङ जातिको मौलिक दस्तावेज ‘कुलु रिदुम्’ विमोचित

    धरान/ कुलुङ जातिको उत्पत्ति, संस्कार, संस्कृति, विधि–विधान, लोकमान्यता, परम्परागत कानुन र जीवन चक्रको सम्पूर्ण विवरण समेटिएको ‘कुलु रिदुम्’ पुस्तक शनिबार भव्य समारोहबीच धरानमा विमोचन गरिएको छ। धरान–५ स्थित देवीगाउँमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको केन्द्रिय कार्यालय प्रांगणमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रमुख आतिथ्य ग्रहण गर्दै पुस्तक विमोचन गरेका हुन्। संघका महासचिव दिपेन्द्र कुलुङका अनुसार पुस्तकमा कुलुङ जातिको इतिहास, पुर्खा, मातृभाषा, वेशभूषा, परम्परागत ज्ञान, गीत–संगीत, धामी–झा

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान बर्ष खेलाडी साहिल र बर्षा घोषित

    धरान/ धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन् । धरान १५ स्थित होटल किचनमा आयोजित धरान खेलकुद मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षा उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् ।अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्राप्त गरका छन् । यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गरेका छन् । उनले नगद २० हजारसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पारिन् ।

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा

    धरान/डिपो स्कुलको आयोजनामा विहीबारदेखि सुरु भएको विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार सम्पन्न खेलमा आइडल स्कुलले प्रभात स्कुललाई ३२–२९, प्याराडाइज स्कुल तरहराले पूर्वाञ्चल स्कुल तरहरालाई ३३–१७, सुनाखरी स्कुल धरानले लिटल फ्लावर स्कुल झापालाई ३४–२१ तथा कार्मेल हाइ स्कुलले हिमशिखर स्कुल तरहरालाई ४४–४१ अंकले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। उक्त दिनको खेलमा आइडल स्कुलका निशान खड्का, प्याराडाइजका प्रिन्स खत्री, सुनाखरी स्कुलका विक्रम श्रेष्ठ र कार्मेल

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 846 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेह्रथुमको देउरालीमा बस दुर्घटना: १४ जना घाइते, एकको अवस्था गम्भीर

    सुनसरी/संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। बा २ प ७२४४ नम्बरको बस शुक्रबार दिउँसो सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा घाइते हुनेहरूमा संखुवासभा धर्मदेवी–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७ का २५ वर्षीय भवानी कार्की, ७ वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुम

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved