महिला गोल्डकप आजदेखि सुरु, पुलिस र चर्च ब्वाइज आमनेसामने

  • कार्तिक १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  झापामा पहिलो पटक आयोजना हुन लागेको एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र काठमाडौंको चर्च ब्वाइज युनाइटेड महिला टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

शिवसताक्षी नगरपालिका–१० स्थित दुधे रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली, ए–डिभिजन क्लबहरू र भारत सिक्किमको एक टिमसहित ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ क्लब र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब (सिक्किम) बीच हुनेछ। त्यसैगरी तेस्रो खेल कात्तिक १९ गते संकटा क्लब र झापा फुटबल क्लब बीच, चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब बीच हुने तय गरिएको छ।

कात्तिक २४ गतेसम्म चल्ने यस गोल्डकपको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved