इटहरीमा १०८ शिवलिङ्ग स्थापना सहितको श्रीमद्भागवत सत्सङ्गमा १ हजारभन्दा बढीले पाए निशुल्क स्वास्थ्य सेवा

  • कार्तिक १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ कोशी प्रदेशको इटहरी–२, आयुर्वेदिक टोलमा १०८ शिवलिङ्ग स्थापनासँगै त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रद्वारा आयोजित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रम पाँचौँ दिनसम्म आइपुग्दा १ हजारभन्दा बढी भक्तजनले निशुल्क स्वास्थ्य सेवा लिएका छन्।

गत कात्तिक १४ गतेदेखि सुरु भएको श्रीमद्भागवत कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको निशुल्क स्वास्थ्य शिविरमा इटहरी आइडल ग्रुपले प्रेसर, सुगर, मुटु, पेटलगायत रोगहरूको चेकजाँच र परामर्शका साथै केही औषधिसमेत वितरण गर्दै आएको छ। ग्रुपका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठका अनुसार दैनिक झण्डै १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर सेवा दिइरहेको छ।

धार्मिक वातावरणसँगै जनस्वास्थ्यमा समेत योगदान पु-याउँदै आएको यस शिविरमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले बताएका छन्। इटहरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि १०८ शिवलिङ्ग स्थापना सहित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग आयोजना गरिएको हो।

२१ गतेसम्म सञ्चालन हुने सत्सङ्गमा नेपालका काठमाडौँ, पोखरा, धरान, बराहक्षेत्र, नवलपरासी लगायतका स्थानबाट मात्र होइन, भारतका दिल्ली, सिक्किम, विहार र सिलगुडीबाट पनि भक्तजन तथा धार्मिक–सामाजिक प्रतिनिधिहरूको सहभागिता रहेको छ।

भक्तपुरमा बनेका कलात्मक इँटाबाट निर्मित आसनमा नेपालकै शिलाबाट बनाइएको १०८ शिवलिङ्ग र हनुमान मूर्तिको स्थापना गरिएको छ। करिब ३६ लाख रुपैयाँ लागतमा सम्पन्न यो परियोजनामा स्थानीय बासिन्दा, संघ–संस्था र प्रदेश सरकारको उल्लेखनीय सहयोग रहेको बताइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved