धरानमा श्रमदानबाट बनेको भनिएको ड्रेनमा २३ लाखभन्दा बढी खर्च

  • कार्तिक १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नगर प्रमुख हर्क साम्पाङको पहलमा श्रमदानबाट बनेको भन्दै प्रचार गरिएको धरान–१० नारायणपथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाबाट २३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको खुलासा भएको छ।

उप–प्रमुख अइन्द्र विक्रम बेघाले आइतबार सो निर्माण स्थलको अनुगमन गर्दै नगरपालिकाले गरेको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

वडाध्यक्ष विवेक राईका अनुसार ड्रेन निर्माणका लागि नारायणपथका बासिन्दाले घर–घरबाट ७ हजार रुपैयाँका दरले सहयोग गरेका थिए। उनले देश–विदेशमा रहेका व्यक्तिहरूबाट पनि सहयोग रकम संकलन भएको बताए, तर ती रकमको हिसाब अझै सार्वजनिक गरिएको छैन।

श्रमदानका रूपमा ५६४ जना सहभागी भएको जनाइएको छ। सहभागीहरूले ज्याला नलिए पनि ‘खाजा खर्च’ शीर्षकमा छुट्टै रकम खर्च भएको बताइए पनि त्यसको विवरण भने खुलेको छैन।

उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार,

  • मिस्त्री खर्च : ६९ हजार २ सय ४८ रुपैयाँ
  • सिमेन्ट : ९ लाख ५९ हजार ९ सय ४१ रुपैयाँ ६९ पैसा
  • गिट्टी : २ लाख ९९ हजार ७ सय १७ रुपैयाँ
  • बालुवा : १ लाख ५० हजार ३ सय २९ रुपैयाँ ४३ पैसा
  • रड : ७ लाख ८१ हजार ६ सय २ रुपैयाँ
  • ढुङ्गा ढुवानी ट्याक्टर भाडा : ५६ हजार ५ सय ४९ रुपैयाँ ८८ पैसा
  • अन्य सामग्री (प्लाईबोर्ड, काठ, सेटिङ, व्याण्डिङ तार आदि) : करिब ६० हजार रुपैयाँ खर्च भएको देखिएको छ।

सो ड्रेन निर्माण कार्यको अनुगमनमा उप–प्रमुख बेघासहित योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, योजना शाखाका किरण भुजेल, इन्जिनियर र अमिनहरू सम्मिलित टोली सहभागी थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved