इटहरीमा १०८ शिवलिङ्गको भव्य समुद्घाटन, शङ्खध्वनीले गुन्जायमान बन्यो

  • कार्तिक १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग आज चौथो दिनमा प्रवेश गरेको छ। आजको दिनलाई विशेष बनाउने आकर्षणको रूपमा १०८ शिवलिङ्गको भव्य समुद्घाटन समारोह सम्पन्न गरिएको छ।

कार्यक्रमका संयोजक बाबुराम सुवेदीका अनुसार, समुद्घाटनका क्रममा सयौँ भक्तजनहरूले लामो समयसम्म सामूहिक रूपमा शङ्ख फुक्दै सम्पूर्ण वातावरणलाई उल्लासमय र ऊर्जामय बनाएका थिए। शङ्खध्वनीसँगै सत्सङ्ग स्थल संगीत–मय र आध्यात्मिक ऊर्जाले ओतप्रोत बनेको सहभागीहरूले बताए।

सो अवसरमा पण्डित योगेश भट्टराईले पवित्र कथा वाचन गरेका थिए भने उपस्थित वटुकरूले रूद्रिपाठ गरेर धार्मिक माहोललाई अझ गरिमामय बनाएका थिए।

हिन्दू धर्मअनुसार शङ्खध्वनी पवित्रता, शुभता र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। वैज्ञानिक दृष्टिले पनि यसले वातावरण शुद्ध पार्ने, शरीरमा प्राणशक्ति सन्तुलन गर्ने र मस्तिष्कमा शान्ति तथा एकाग्रता बढाउने विश्वास रहिआएको छ।

सत्सङ्गमा भक्तजनको उपस्थिति दिनानुदिन बढ्दै गएको आयोजक समितिले जनाएको छ। अहिलेसम्म देशका विभिन्न जिल्ला र भारतका तीर्थस्थानहरूबाट आएका हजारौँ श्रद्धालु भक्तहरूले १०८ शिवलिङ्गको दर्शन गरिसकेका छन्।

समितिका अनुसार, करिब ३६ लाख रुपैयाँ लागतमा भक्तपुरका कलात्मक इँटा र नेपालमै निर्मित शिलाबाट ती शिवलिङ्गहरू तयार गरिएको हो। साथै, विशेष प्राणप्रतिष्ठा अनुष्ठान आगामी कार्तिक १७ देखि २१ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ, जसमा नेपाल र भारतका प्रमुख धार्मिक विद्वान् तथा साधु–सन्तहरूको सहभागिता रहनेछ।

574314356_825920710029915_6044886306795147439_n 572031207_1115217480775222_5222534175636207807_n

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved