स्थानीय

    Showing 1,051-1,060 of 4,924 items.
  • हिविस्कसमा लाखेजात्रा प्रदर्शनी

    धरान । हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा लाखे नाच प्रदर्शनी सम्पन्न भएको छ ।विद्यार्थीहरुलाई लाखे नाँचको रमाइलो देखाउन र जानकारी दिनको लागि सो प्रर्दशनी गरिएको हो ।नेवार एकता साँस्कृतिक समितिको संयोजनमा लाखे नाच प्रदर्शनी गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए ।समुदाय भित्रका जाति समुदायको मौलिक संस्कार र सँस्कृतिलाई सामुहिक गर्नको लागि सवै जाति समुदायको मौलिक परम्परा र नाचलाई स्कुलमा प्रदर्शनी गराउने गरीएको निर्देशक राईको भनाई रहेको छ ।लाखे नाच नेवार समुदायमा निकै लोकप्रिय नाचको रुपमा नाच्ने गरीन्छ । यो नाच साउन र भदौ महिनाभरी नाच्ने गरीन्छ ।नेवार समुदायको मौलिक नृत्यको

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान उपकुलपति काँग्रेसको भागमा

    धरान/ दलीय भागबण्डामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पद नेपाली काँग्रेसको भागमा परेको छ । अव चाडैं रिक्त रहेको प्रतिष्ठिानमा उपकुलपति पुद पुर्ती हुने संकेत देखिएको छ । सरकारले उक्त रिक्त पदमा पुर्ती गर्नको लागि ६ जनाको नाम मध्ये अन्तिम तीन जनाको नाम छनौट गरेपछि अव तीन जना मध्ये एक जना प्रतिष्ठानको उपकुलपति हुने पक्का भएको छ । सिफारिश समितिले आवेदन परेको ६ जना मध्ये अन्तिम ३ जनाको नाम सर्ट लिष्टमा छनौट गरेको छ । सिफारिश समिति निकट स्रोतका अनुसार प्रा.डा.प्रह्लाद कार्की, प्रा.डा.रोहितप्रसाद यादव र प्रा.डा.रामेश कोइराला छनौटमा परेका छन। यसअघि, सर्ट लिष्टमा प्रा.

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज श्रावण शुक्ल पूर्णिमा: देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व धुमधामसँग मनाइँदै

    धरान/ आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा देशभर रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित धुमधामका साथ मनाइँदैछ। हिन्दू परम्पराअनुसार आजको दिन ब्राह्मण तथा वैदिक परम्परा पालन गर्ने समुदायले पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने गर्छन्। यस अवसरमा पूजापाठ गरेर त्रिपुण्ड धारण गर्ने तथा पवित्र धागो (रक्षासूत्र) बाँध्ने चलन छ। जनै पूर्णिमासँगै आज रक्षाबन्धन पर्व पनि मनाइन्छ, जसमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा रक्षासूत्र बाँधेर दीर्घायु र समृद्धिको कामना गर्छन्। दाजुभाइहरूले बहिनीलाई उपहार र आशिर्वाद दिने प्रचलन छ। नेपालका पहाडी क्षेत्रमा बसोबास गर्ने ता

    • प्रकाशित मितिः साउन २४, २०८२
    • 397 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन सम्पन्न, अध्यक्षमा इश्वर ताम्राकार

    धरान/  रोटरी क्लब अफ धरान घोपाको २३औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ। सुनसरी उद्योग वाणिज्य संघको सभा हलमा वरिष्ठ समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष बर्ष २०२४/०२५ का गौरवमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने सचिव अतुल श्रेष्ठले गत वर्षको गतिविधि प्रतिवेदन प्रस्तुत गर्नुभयो। रोटरी क्लबका असिस्टेन्ट गभर्नर विनोद अग्रवालले नयाँ बोर्ड सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो। बर्ष २०२५र०२६ का लागि २२ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष ईश्वर ताम्राकार, आइपिपी गौरवमान श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट अलंकार पलिखे,

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई बलात्कार गर्ने श्रीमान जबरजस्ती करणीको अभियोगमा पक्राउ

    फिदिम/ पाँचथरको फिदिम नगरपालिका–४ बाट २७ वर्षीय एक युवक आफ्नो पत्नीमाथि बारम्बार जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले आफ्नै श्रीमानले मादक पदार्थ सेवन गर्दै, बारम्बार झगडा, कुटपिटका साथै सहमति बिना यौन सम्पर्क गर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित र आरोपी पति फिदिम–४ मा डेरामा बस्दै आएका थिए र उनीहरूको अढाई वर्षीया छोरी पनि छ। पीडितका अनुसार पटक–पटक चेतावनी दिए पनि श्रीमानको व्यवहार नबदलेपछि उनले कानुनी प्रक्रिया अघि बढाएकी हुन्। जिल्ला प्रहरी प्रमुख डिएसपी कौशल बुढाथोकीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। मुलुकी अपराध संहिता २

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 486 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनिसासहित उत्कृष्ट विद्यार्थीलाई धरानमा विशेष सम्मान र बधाई

    धरान/ धरान–१२ स्थित एम्स एकेडेमीकी विद्यार्थी जेनिसा निरौलाले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिएको २०८१ सालको कक्षा १२ को परीक्षामा ३।९५ जिपिए ल्याउँदै देशभर बोर्ड सेकेण्ड र सुनसरी जिल्लामा प्रथम स्थान हासिल गरेकी छन्। शुक्रबार एकेडेमीले आयोजना गरेको विशेष कार्यक्रममा जेनिसासहित यस वर्ष उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान र बधाई प्रदान गरिएको थियो। काठमाडौंमा एमबिबिएसको तयारीमा रहेकी जेनिसाको सम्मानपत्र उनकी आमा मनमाया काफ्लेले ग्रहण गरिन्। ३।८४ जिपिए ल्याएका राज साह, ३।७३ जिपिए ल्याएकी सकुन राई, ३।७० जिपिए ल्याएकी कृतिका पौडेल र ३।६७ जिपिए ल्याएकी सोनम दाहाललाई पनि सम्मानपत्र प

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 547 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिरोले एक घरमा क्षती, १२ घर उच्च जोखिममा

    धरान/  अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका-३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षती पुर्याएको छ भने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान- ३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्‍याएको छ । भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो । बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो ।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पु

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 405 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानीमा ६ अर्ब विवाद: रेडबुकमा परे बजेट लिन तयार छु- मेयर राई

    धरान/संघीय सरकारले धरानको खानेपानी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि विनियोजन गरेको बजेट ऋण भएकाले अस्विकार गर्दै आएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सरकारको बजेट रेड बुकमा समावेश भएर आए मात्रै लिन तयार भएको बताएका छन् ।  धरानमा पछिल्लो समय स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र, नगर अस्पताल पुनः सञ्चालन र सप्तकोशीको पानी ल्याउने योजनाबारे सामाजिक सञ्जालदेखि विभिन्न फोरमसम्म बहस चर्किंदै आएको छ। भिडियो: दीर्घकालीन महत्वका यी विषयमा स्थानीय सरकारले सरोकारवालासँग पर्याप्त परामर्श र छलफल नगरेको आरोप लगाउँदै, बिहीबार धरानका नौ राजनीतिक दलहरू आफैं नगर प्रमुख हर्क साम्पा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘ए प्लस’ ल्याउनेलाई युएन कलेजको उपहार — निःशुल्क ब्रान्डेड ल्यापटप!

    धरान/ धरानस्थित युएन-नवोदय कलेजले कक्षा १२ मा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरूलाई निःशुल्क ब्रान्डेड ल्यापटप दिने घोषणा गरेको छ। कलेजको ब्याचलर अफ होटल म्यानेजमेन्ट (BHM) कार्यक्रममा भर्ना हुने ‘ए प्लस’ विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको यो योजना रोजगारमुखी, व्यावहारिक र आत्मनिर्भर शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो। भिडियो: कलेजका प्रमुख डम्बर कुमार तुम्बापोका अनुसार, अहिले जुनसुकै संकाय — विज्ञान, व्यवस्थापन, शिक्षा वा मानविकी — बाट ‘ए प्लस’ ल्याउने विद्यार्थीहरूलाई भर्ना हुँदा ल्यापटप दिइनेछ। पूर्वाञ्च

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 741 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेवार जातिको संस्कृति जात्रा संरक्षणमा वडा नै लागि पर्‍यो

    धरान/  नेवारी समुदायको साँस्कृतिक पर्वलाई जीवन्तता दिन स्थानीय सरकार आफै अग्रसर बनेको छ । वडालाई साँस्कृतिक वडाको रुपमा विकास गर्ने उद्देश्य राखी धरान उपमहानगरपालिका ३ नं. वडा समितिले तीन दिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्ने भएको हो ।राणाकालीन मन्त्री चन्द्र शमशेरले बसाएको धरानको पुरानो चन्द्रपुर बजारको ऐतिहासिकतालाई उजागर गर्दै नेवारी सँस्कृतिलाई जीवनन्ता दिन र धरान ३ लाई साँस्कृति वडाको रुपमा विकास गर्न वडा समितिले नै तीनदिने चन्द्रपुर जात्रा उत्सवको आयोजना गर्न लागेको हो । साउन ३० देखि भदौ १ गतेसमम मनाउन लागिएको सो जात्राको प्रमुख उद्देश्य गाईजात्रालाई नेवारी समुदायको युवा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 480 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved