बिपी प्रतिष्ठान क्यान्सर उपचारका लागि अब्बल बन्दै

  • कार्तिक २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पुर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज क्यान्सर उपचारका लागि विश्वासिलो केन्द्र बनेको छ ।

तर क्यान्सर उपचारमा अत्यावश्यक मानिने रेडियो थेरापी सेवा प्रतिष्ठानमै उपलब्ध नहुनु गम्भीर चुनौतीका रूपमा रहेको चिकित्सकहरूले बताएका छन् ।

तीन दशकदेखि क्यान्सर उपचारमा सक्रिय प्रतिष्ठानले सीमित संरचना र स्रोतबीच पनि महत्वपूर्ण सेवा विस्तार गरेको गरेको छ । तर रेडियो थेरापी अभावले स्तन क्यान्सरसहितका धेरै बिरामीलाई अन्य अस्पतालमा पठाउनुपरेको स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्का बताछिन् ।

क्यान्सर विश्वभर नै गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । नेपालमा त न्यून आयस्रोत भएका महिलामा यसको जोखिम थप जटिल बन्दै गएको डा. खड्काको भनाइ छ । उनले सेवा सुविधाको पहुँच सहजै नहुँदा धेरै बिरामीलाई सही समयमै उपचार गराउन नसकिएको बताइन् ।

क्यान्सर उपचारसँगै प्रतिष्ठानले किमोथेरापी सेवा विस्तार, प्यालिएटिभ केयर, होम–बेस्ड हस्पाइस सेवा, स्क्रिनिङ ओपीडी, एचपीभि–डीएनए परीक्षण, कोल्पोस्कोपी, ब्रेष्ट क्लिनिक, सचेतना अभियान लगायतका सेवा निरन्तर सञ्चालन गरिरहेको छ ।

यतिबेला पूर्वी पहाडी जिल्लाबाट आउने अधिकांश बिरामी निम्न आयस्तरका हुने भएकाले रेडियो थेरापी जस्तो सेवा बाहिर जानुपर्दा थप आर्थिक बोझ हुने क्यान्सर विशेषज्ञ डा. सोनिया दुलाल बताछिन् । उनले दिनप्रति दिन क्यान्सर विरामीको संख्या थपिदै जाँदा उपचारमा संलग्न चिकित्सकको जनशक्ति कम भएकोले उपचारसँगै जनशक्ति उत्पादनमा प्रतिष्ठानले विशेष ध्यान दिँदै आइएको बताइन् ।

शल्यक्रिया विभागका प्रमुख डा. सुरेश साहले पनि अहिलेको सेवा संरचना प्रभावकारी भए पनि रेडियो थेरापी नहुँदा बिरामीलाई अन्तिम उपचार प्रक्रिया पूरा गर्न कठिनाइ हुने उल्लेख गरे । उनले यसको आवश्यकतालाई सबैले महसुस गरेर समस्या समधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।

पर्वी नेपालका क्यान्सर बिरामीका लागि बिपी प्रतिष्ठान जीवनरक्षक केन्द्र बनेको छ, तर रेडियो थेरापी सेवा स्थापना अब अनिवार्य आवश्यकता बनेको छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved