पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने

  • कार्तिक २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैंचा/  मोरङको बेलबारीमा रहेको पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने भएको छ।
 
बिहिबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै एकेडेमिले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने जानकारी दिएको हो।
 
पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सुसान्त शर्माले बैज्ञानिक रूपमा मेमोरी टेक्निक सम्बन्धी तालिम दिँदै सृजनात्मक सिकाईको माध्यमबाट पढ्ने,सम्झने र लेखनको विशेष सीप विकास गर्दै उच्च प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उदेश्यका साथ कक्षा संचालन गर्ने बताए। लोकसेवा, शिक्षक सेवा, संस्थान, संगठित संस्था आदिको परीक्षा तयारी गराउने योजना रहेको उनले बताए।
 
स्कूल, कलेज, लोकसेवा, शिक्षकसेवा, बीएलई , एसईई र प्लस टु लगायतका विद्यार्थीहरूलाई मुख्य प्रथामिकता दिने बताईएको छ। विद्यार्थीहरूलाई पढेका कुराहरू याद नहुने, पढाइमा रुची नहुने, पढाईको लागि समय व्यवस्थापन गर्न कठिन हुने, परीक्षा तयारी नपुग्ने आदि जस्ता समस्याले दुख दिइरहेको भएको यो कक्षा सबैभन्दा उत्तम विकल्प हुनेछ । यो कक्षाले स्मरणशक्ति, ध्यान, र सिर्जनात्मक क्षमताको विकास गराउने छ ।
 
एकेडेमीका प्रबन्ध निर्देशक कर्ण राईले कक्षा ८ देखि माथिका बिद्यार्थीहरुका लागी मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङका कोषहरु सञ्चालन गर्न लागिएको बताउदै सहभागीहरूले तालिमबाट केवल यादगर्न मात्र नभएर पढ्ने, सम्झने र लेखन कलाको विश्वस्तरिय दिर्घकालिन उपयोगी सीप प्राप्त गर्ने बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved