‘पत्रकारको अपमान’ विवाद: सुब्बालाई प्रमाणसहित स्पष्टीकरण वा माफी माग्न तीन संगठनको माग

  • कार्तिक २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन गरिएको गोर्खा चौतारीको कार्यक्रममा हाल बेलायतमा बसोबासरत शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी दिइएको अभिव्यक्तिप्रति तीन पत्रकार संगठनले कडा प्रतिक्रिया जनाएका छन्।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइलाई “पत्रकारहरूको पेसागत मर्यादा र आत्मसम्मानमाथिको अपमान” भनेका छन्।

विज्ञप्तिअनुसार कार्यक्रममा मन्तव्य राख्दै सुब्बाले “लाहुरेको घरको चामल खाएर पत्रकारिता पढेको, लाहुरेकै घरमा सस्तो भाडामा बसेर पत्रकारिता गरेको” भन्ने अभिव्यक्ति दिएकी थिन, जसलाई तीनै संगठनले पत्रकारिता पेशामाथिको हेपाहा टिप्पणी भनेका छन्।

संगठनहरूले सुब्बालाई आफ्नो भनाइ प्रमाणसहित पुष्टि गर्न वा धरानका पत्रकार समुदायसँग खुलेर माफी माग्न आग्रह गरेका छन्। विज्ञप्तिमा उल्लेख छ, “यदि उनले प्रमाणसहित पुष्टि गर्न नसक्ने हो भने सार्वजनिक माफी माग्नु उनको नैतिक र सामाजिक दायित्व हो।”

धरानका पत्रकारहरू समाचार लेखेकै वा प्रश्न सोधेकै कारण धम्की र दवाबकाबीच काम गर्नुपरेको अवस्था उल्लेख गर्दै, विना आधार पत्रकारितामाथि टिप्पणी गर्नु गैरजिम्मेवार र अस्वीकार्य भएको तीनै संगठनले बताएका छन्।

अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको सम्मान र प्रेस स्वाभिमानको संरक्षणका लागि आफूहरू सधैं प्रतिबद्ध रहने बताएका छन्।

संयुक्त विज्ञप्तिमा प्रेस चौतारी नेपाल, सुनसरीका उपाध्यक्ष विकल पौडेल, प्रेस सेन्टर नेपाल, सुनसरीका अध्यक्ष तीर्थ कार्की र नेपाल प्रेस युनियन, सुनसरीका अध्यक्ष ध्रुव ढकालका हस्ताक्षर छन्।

1000052438

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved