अपांग तथा सहायको सहयोग अतुलनीय

  • कार्तिक २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायहरुको सहयोगी संस्था रूपमा समाजमा अगाडि उभिएसँगै सर्वत्र प्रशंसा बटुल्दै आएको छ ।

स्थापना भएदेखि नै केन्द्रले समाजमा रहेका अपांग र असहाय वर्गका व्यक्तिहरूका लागि खाद्यान्न वितरण, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकाका लागि शिक्षाको पहुँच विस्तार र निःशुल्क शैक्षिक सामग्री वितरणजस्ता कार्यहरू निरन्तर गर्दै आएको छ । यही कारणले केन्द्र आज समाजमा अनुकरणीय संस्थाका रूपमा चिनिँदै गएको हो ।

धरान–१९ स्थित अपांग तथा असहाय केन्द्रले अपांग तथा असहायलाई हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यस संस्थाले विगतमा अस्वस्थहरूलाई निःशुल्क स्वास्थ्य उपचार, शिक्षाको पहुँच नपुगेकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरणमार्फत जीवनयापनमा सहजता ल्याउँदै आफ्नो संस्थागत गरिमालाई निरन्तर उच्च बनाउँदै लगेको छ ।

पछिल्लो समय केन्द्रले पुनः २० अपांग तथा असहाय परिवारलाई खाद्यान्न वितरणसँगै शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले ७ जना विद्यार्थीलाई शैक्षिक सामग्री, दीर्घरोगी दुई जनालाई निःशुल्क औषधि वितरण र दुई परिवारका ८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

यी सेवाहरू समाजसेवी अशोक अग्रवाल मार्फत उपलब्ध गराइएका हुन् । अग्रवालले आफ्ना दिवंगत आमाबुबाको स्मृतिमा उक्त सहयोग गर्नुभएको हो । असहाय, अपांग र निम्नवर्गीय परिवारलाई पुर्‍याइएको सहयोग अतुलनीय भएको कोशी प्रदेशकी पूर्व सांसद उमिता बराइले बताइन् ।

मुलुकको विषम परिस्थितिमा यस्ता वर्गलाई सहयोगको अति आवश्यक रहेकोले दाताहरूद्वारा गरिएको यो कार्य प्रेरणादायी रहेको उनको भनाई थियो ।
सहयोगी अशोक अग्रवालले पनि अरू सक्षम व्यक्तिहरूलाई असहाय वर्गको सहयोगमा अघि आउन अपिल गरे ।

उनले समाजमा राज्यको अनुभूति गर्न नसकेका वर्गका लागि सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउने बताए ।

राज्यको प्रत्यक्ष पहुँच नपाएका वर्गका लागि विभिन्न दाताहरूसँग समन्वय गर्दै निरन्तर सहयोग पुर्‍याउँदै आएको यो केन्द्रको कार्य अहिले सर्वत्र प्रशंसा र प्रेरणाको स्रोत बनेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved