धरानमा विद्यालयस्तरीय फुटबल : मंसिर ७ देखि सुनाखरी एकेडेमी कप सुरु

  • कार्तिक २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विद्यालयस्तरमै फुटबल प्रतिभा विकसित गर्ने उद्देश्यले धरान–१२स्थित सुनाखरी एकेडेमीले मंसिर ७ देखि १७ गतेसम्म ‘सुनाखरी एकेडेमी कप’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै एकेडेमीले जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा घोषणा गरेको हो।

सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गर्न लागिएको हो।

सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्ता पहिले गर्ने १६ टिमलाई मात्र खेल्ने अवसर हुनेछ। निजी, सरकारी, सामुदायिक तथा संस्थागत सबै प्रकारका विद्यालय सहभागी हुन पाउने व्यवस्था छ। इच्छुक विद्यालयले मंसिर ३ गतेभित्र दर्ता अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ।

विजेताले नगद ५० हजारसहित ट्रफी पाउनेछन्। उपविजेतालाई २५ हजार, सेमीफाइनल पुगेका दुई टिमलाई ५–५ हजार दिइनेछ।
व्यक्तिगत विधामा पुरस्कार:

बेस्ट प्लेयर:५ हजार
बेस्ट गोलकिपर, हाई स्कोर, बेस्ट डिफेन्स, बेस्ट फरवार्डस् जनही २५ सय
बेस्ट डिसिप्लिन टिम: ५ हजार
म्यान अफ दि म्याचस् प्रत्येक खेलका लागि १ हजार
प्रतियोगिताको कुल आय–व्यय ६ लाख १० हजार रहने अनुमान आयोजकले गरेको छ। संयोजनमा प्याब्सन र एन–प्याब्सन सक्रिय रहनेछन्।

‘विद्यालयस्तर नै फुटबल विकासको आधार’
एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष एवं प्रदेश फुटबल संघका अध्यक्ष किसोर राईले विद्यालयस्तरका प्रतियोगिताले फुटबल विकासका जरा बलियो बनाउने बताए।
उनले भने, “विश्वकप खेल्ने सपना छ, तर तयारी टोल–कपको जस्तो। लक्ष्य विश्वकप हो भने तयारी पनि विश्वकपकै हुनुपर्छ।”

विद्यार्थीमा प्रतिभा र अनुशासन दुवै बढाउने आयोजनाकर्ता आशावादी
राईले सहभागी टिमले लाइसेन्सवाला कोच राख्न आग्रह गर्दै राम्रो कोच भए टिमको प्रदर्शन स्वतः उकासिने बताए।

प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले प्रतियोगिताले विद्यार्थीलाई मैदानमा आफ्नो वास्तविक क्षमता देखाउने अवसर दिने उल्लेख गरे। उनका अनुसार, यस्ता प्रतियोगिताले मोबाइलमा समय खर्च गरिरहेका बालबालिकालाई बाहिरी गतिविधितर्फ आकर्षित गर्दै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved