सुनसरीमा स्कार्पियो छाडेर भागे चालक, भित्रबाट २५७ किलोभन्दा बढी गाँजा बरामद

  • कार्तिक २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको बर्जु गाउँपालिका–५, गोचाकामत टोलस्थित भित्री सडक खण्डमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा शुक्रबार साँझ प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ।

शुक्रबार राति ८ बजेतिर इलाका प्रहरी कार्यालय दुहवी र इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको संयुक्त टोलीले उत्तरबाट दक्षिणतर्फ आइरहेको बागमती प्रदेश–०१–०२७च ०२४० नम्बरको सेतो स्कार्पियोलाई पछ्याउनेक्रममा नियन्त्रणमा लिन खोज्दा चालक सवारी साधन छाडेर फरार भएको थियो।

पछि प्रहरीले स्कार्पियो खोली चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएका ११ पोका गाँजा  फेला परेको थियो, जसको तौल २५७.४५ किलोग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको स्कार्पियोसहितकाे लागूऔषध इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको छ। फरार चालककाे खोजतलास पनि जारी रहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved