धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र
धरान । फुटबल खेलको लोकप्रियता संसारमै बढ्दै जादा नेपालमा समेत यो खेलको विकास हुदै गएको छ । त्यसमा पनि धरानलाई फुटबल खेलको मिनी ब्राजिलको रुपमा लिइने गरिएको छ । मोफसलकै ठूलो प्रतियोगिता बुढासुब्बा गोल्डकप प्रतियोगिता २९ बर्ष अगाडिदेखि निरन्तर हुदै आएको छ । तर पछिल्लो समय खेल मैदान अभावका कारण खेलाडीहरुले अभ्यास गर्ने ठाउको अभाव हुन थालेको छ । बढ्दो सहरीकरसँगे पछिल्लो समय फुटबलको विकल्पको फुटसल प्रतियोगिता हुन थालेका छन् । थोरै ठाउँमा खेल्न सकिने भएकोले पनि पछिल्लो समय खेलप्रेमीहरु यसतर्फ आकर्षित बनेका हुन् । धरानमा ८ देखि १० वटा फुट्सलहरु रहेका छन् । उनीहरुले दैनिक फुटबल खेलको गतिविधि गरिहेका
धरान । आठौँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि उचालेको छ । सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको अन्तिम खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाइ १–० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि उचालेको हो । खेलको पहिलो पूर्वाद्र्धमा दुबै टिमबाट गोल हुन सकेन । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा उचरार्धको ७४ औं मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गराए । जितसँगै क्यारुनले नगद ३ लाख र उपविजेतामा चित्त बुझाएको रारा फुटबल क्लब राजारानीलाई १ लाख ५० नगद सहित ट्रफी र प्रमाणपत्र हात पारे प्रतियोगिताको विजेत
धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् । धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो । यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् । पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.ए
धरान । सांतौ बांझगरा खुल्ला पुरुष तथा महिला भलिबलमा भोजपुर र दमकले जितको छ । बांझगरा युवा क्लबले आइतार बागरकोटको खेल मैदानमा आयोजना गरेको प्रतियोगतामा पुरुषतर्फ भोजपुर षडानन्द गाउँपालिका र महिलातर्फ झापाको दमक नगरपालिकाले जित हात पारेको हो । महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो । असार २, ३ र ४ गते तीनदिनसम्म चलेको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६
धरान । धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यहि असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडि भाइवहिनिहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ट्यालेन्ट हन्टको माध्यम वाट बास्केटवल खेल विकास तथा खेलाडिलाई प्रोत्साहन गर्ने उद्धेश्यले संघले विगत केहि वर्ष देखि ट्यालेन्ट हन्ट प्रोगामको आयोजना गर्दै आइरहेका छन । संघले ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका विद्यार्थीहरुको प्रतिभा हेरेर धरानका विभिन्न कलेजमा छात्रवृतिm दिदैं आइरहेको धरान बा
धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो । मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै
धरान । बिराटनगरको मोतिराम फुटवल क्लव प्रदेश एक जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा जारी प्रतियोगितामा मोतिरामले धरान फुटबल क्लबमाथी २–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । इटहरी रंगशालामा भएको सोमबारको पहिलो सेमिफाइनलमा मोतिरामलाई उपाधी होडमा पुर्याउन उमेश कार्की र अभिषेक लिम्बुले एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो । कार्कीले ५८ औं र लिम्बुले ५९ औ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिजयी टिमका उमेश कार्की घोषित भए । उनलाई इटहरी उपमहानगरपालिका वार्ड नं ९ क
धरान । प्रदेश नं. १ मा रहेका खेलाडीको विवरण संकलन गर्ने उद्देश्यले प्रदेश एको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प्रदेश एकका खेलाडी खोज्न थालेको छ । खेलाडीलाई प्रोत्साहनसहित खेलाडीको विवरण तयार पार्नका लागि एक साता अगाडिदेखि बोर्डले प्रदेश एकका १४ वटै जिल्लामा रहेका ओलम्पिक, साफ गेम र एशियन गेममा सहभागी भएका तथा विजेता, उपविजेता खेलाडीहरुको रेड कार्ड बनाउने र सम्मान गर्ने प्रयोजनका लागि खेलाडीको विवरण संकलन गरेको बताएको छ । प्रदेश भरीका खेलाडीले आफुहरुले खेलेको खेल, त्यसको मिति र जितेको अवार्डको विवरण सहित आफ्नो तस्विर संलग्न गरेर प्रदेश खेलकुद विकास बोर्डको क
धरान । सात बर्षदेखि लगातार भलिवल प्रतियोगताको आयोजना गर्दै आएको बाझगरा युवा क्लब धरान १५ ले यस बर्ष पनि निरन्तता दिएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको प्रतियोगिता यस बर्ष भने गर्ने भएको हो । आयोजक बाझगरा युवा क्लबका अनुसार सातौ बाझगरा खुल्ला पुरुष महिला तथा पुरुष तथा अन्तर जिल्ला भेट्रान भलिबल कप असार पहिलो साता हुने भएको हो । आइतवार पत्रकार सम्मेलन गर्दै असार २ देखि ४ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिका अध्यक्ष कर्ण केदेमका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार, दोस्रो हुनेलाई ६१ हजार प्रमाणपत्र र ट्रफी पाउने छ्न भने खुल्ला महिला