धरान/ कलेजो रोगबाट चार महिनादेखि जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गर्नुभएको छ । धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो । मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गर्नुभएपछि आफुहरुले सहयोग गर्ने इच्छा भीम दाई मार्फत राखेको कु
जनकपुरधाम/ जनकपुरधामस्थित गेस्टहाउसमा रातको समयमा सँगै बसेका युवक–युवतीबीचको सम्बन्ध रातभरमै हत्या घटनामा परिणत भएको छ। धनुषा प्रहरीले युवकको हत्या आरोपमा २१ वर्षीया एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी युवती महोत्तरी जिल्लाको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा बस्दै आएकी जुली झा हुन्।उनले महोत्तरी गाउँपालिका–१ पर्साका ३२ वर्षीय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेको छ। प्रहरीका अनुसार उनीहरूबीच लामो समयदेखि चिनजान थियो र आर्थिक लेनदेन समेत रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका&nd
धरान/ सुनसरीको धरानमा तेजाब सेवन गरी गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको आइतबार राति विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको हो। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार विकले गत असार २३ गते राति मादक पदार्थ सेवन (मापसे) गरेपछि घरमा धारा सफा गर्न राखिएको तेजाब सेवन गरेका थिए। तेजाब सेवन गरेपछि उनको अवस्था गम्भीर बनेको थियो। तत्कालै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप जटिल उपचार आवश्यक भएपछि उनलाई विराट
धरान/ धरान–८ अरुणटोलस्थित सुकुम्बासी बस्तीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीएसिस) का निमित्त उपकुलपति तथा वरिष्ठ मुटु र मृगौला रोग विशेषज्ञ प्राडा सञ्जीव शर्मा आफैँ बिरामीको झुपडीमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्। कलेजो रोगले ग्रसित ४० वर्षीय रोशन राईलाई आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको खबर पाएपछि डा. शर्मा आफैँ बस्तीमा पुगेका हुन्। मजदुर नेता भीमज्वाला राईको अनुरोधमा डा. शर्मा बिरामी राईको घरमै पुगेर सम्पूर्ण स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणपछि डा. शर्माले एक औषधि सिफारिस गर्दै ४ दिनपछि अस्पतालमा भर्ना गरेर पेटको पानी झिक्नुपर्ने जानकारी दिए। आवश्यक स्
धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम गर्न तारजाली लगाउने कार्यमा जुटेका छन्। बर्षेनी बर्षातको समयमा खोलाले धार परिवर्तन गर्दा बस्तीमा बाढी पस्ने खतरा बढ्दै गएपछि स्थानीयवासी आफैँ सक्रिय बनेका हुन्। धरान १६ को नौलोबस्तीलगायत क्षेत्रमा खोलाको कटानबाट ठूलो क्षति हुने गरेको छ। बाढीले घरभित्रै पानी पस्ने, जमिन कटान हुने र ढुंगा बगाएर ल्याउने जस्ता समस्याले टोलबासी त्रसित छन्। जोखिम न्युनिकरणका लागि स्थानीयवासीहरू श्रमदानमार्फत तारजाली लगाउने कार्यमा जुटेका छन्। यस अभियानमा नेपाली काँग्रेसले पनि सहयोग गरेको छ। धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा काँग्रेस नेता तिलक राईका अनुसा
सुनसरी/ सुनसरी, मोरङ हुँदै पूर्वी पहाडी जिल्लाहरू जोड्ने मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि आएको बाढीले पाँचथरस्थित हेवा खोलाको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डाइभर्सनमाथिबाट बाढीको पानी बग्न थालेपछि यातायात ठप्प भएको जानकारी दिए । “पानीको बहाव अहिले केही घट्दै छ, घटेपछि मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले बताए । मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथर जिल्लाका तीन पालिकामा सवारीसाधन सञ्चालन रोकिएको छ । यसले अत्यावश्यक सेवासमेत प्रभावित बनेको स्थानी
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकमा लागू औषध ओसारपसारमा संलग्न दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। साउन ३ गते दिउँसो करिब ३ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गमा को ३३ प ३१४९ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसेका दुई जनामाथि प्रहरीले चेकजाँच गर्दा उनीहरूबाट प्रतिबन्धित लागू औषध फेला परेको हो। पक्राउ पर्नेमा इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र ऐरावती गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्। यादवको साथबाट ४१.४४० ग्
धरान/ सुनसरीको धरानमा लागू औषध गाँजासहित एक १६ वर्षीय किशोर पक्राउ परेका छन्। शुक्रबार(आज) बिहान ११:३० बजे धरान उपमहानगरपालिका–१३ स्थित निसाने डाँडामा कोशी राजमार्गमा खटिएको प्रहरी चौकी अमरहाटको टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा उक्त पक्राउ गरेको हो।प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ०८१८ नम्बरको यात्रुबाहक बसमा सवार मोरङ, रंगेली नगरपालिका निवासी रोशन उप्रेतीले बोकेको कालो झोलामा झन्डै १० किलो लागू औषध (गाँजा) फेला परेको हो।पक्राउ परेका उप्रेतीलाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय
झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा औषधिजन्य लागू औषध बरामद भएको छ। प्रतिबन्धित औषधिहरूको ठूलो भण्डारण भानुभक्त खरेल नामक औषधि व्यवसायीको भएको पुष्टि भए पनि उनी हालसम्म फरार रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–५, मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुईतले घरको भुईँतलाका दुई कोठामा लुकाइराखिएको अवस्थामा प्रतिबन्धित औषधिहरू बरामद गरेको हो। ती औषधिहरू भानुभक्त खरेलले भण्डारण गरेका थिए भने सोही गोदाममा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषधको विवरण यस्तो छ: ट्रामाडोल हाइड्रोक्लोराइड — १ लाख ३ हजार ८ सय ट्याब्ल
सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट लागू औषध ब्राउन सुगरसहित एक युवती पक्राउ परेकी छिन्। मंगलबार साँझ ५ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सप्तरी जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका–९ की २१ वर्षीया प्रतिक्षा कुमारी रायलाई पक्राउ गरेको हो। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी रायको रितपूर्वक खानतलासी गर्दा उनले लगाएको कालो बुट्टे हाफ पाइन्टको बायाँ गोजीमा लुकाइछिपाई राखिएको अवस्थामा ब्राउन सुगर १ ग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेकी रायलाई लागू औषधसह