घाँस काट्न निस्केकी महिलामाथि बला*त्कार, ४२ वर्षीय पुरुष पक्राउ

  • कार्तिक २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

झापा/ घाँस काट्न निस्केकी एक २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको घटनाले झापा अहिले तातेको छ।

बालुवा झैँ शान्त साँझमा घाँस काट्न घरअघि निस्केकी ती महिलालाई ४२ वर्षीय पुरुषले जबरजस्ती तानेर पसलभित्रै लगेर बलात्कार गरेको आरोप लागेको हो।

कात्तिक २७ गते साँझ करिब ६ बजे भएको भनिएको यो घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिलामाथि जबरजस्ती हात समातेर तान्दै लगिएको जाहेरीमा उल्लेख छ।

घटनापछि कात्तिक २८ गते दिउँसो १ बजेतिर पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा औपचारिक उजुरी दर्ता गरेका थिए।

उजुरी दर्ता भएपछि प्रहरी नायब निरीक्षक किरण मोक्तानको नेतृत्वमा खटिएको टोलीले आरोपित पुरुषलाई सोही दिन घरमै पुगेर नियन्त्रणमा लिएको हो।

प्रहरीले दुवै पक्षको प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य तथा यौनजन्य परीक्षण गराएको छ। प्रारम्भिक परिणाम अनुसार पीडितको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पीडित परिवारले महिलालाई छारे (एपिलेप्सी) रोग समेत रहेको जानकारी पनि प्रहरीलाई दिएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved