९८ किलो गाँजा सिटी सफारीमा लोड गर्दागर्दै दुई पक्राउ

  • कार्तिक २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलमा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गएको अस्थायी प्रहरी चौकी तालतलैयाको टोलीले बिहीबार  दिउँसो १२:३० बजे कल्पना राईको घरमा छापा मार्दा घरमै सिटी सफारीमा गाँजा लोड भइरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घर अनुसन्धान गर्ने क्रममा सिटी सफारी (प्र. १–०२–००३ ह ९०५५) मा राखिएको अवस्थामा ९८ किलो (अन्ठानब्बे किलो) गाँजा फेला परेको थियो।

घटनास्थलबाट घरधनी ३५ वर्षीया कल्पना राई र त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासहित बरामद गरिएको गाँजा र सवारीसाधन अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved