धरानका ६५ वर्षीय पुरुषको गौरादहको मानव उद्धार केन्द्रमा मृ*त्यु

  • कार्तिक २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/धरानका एक ६५ वर्षीय पुरुषको झापाको गौरादहस्थित मानव उद्धार सेवा केन्द्रमा मृत्यु भएको छ।

मिति २०८२ साल असोज २९ गते दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिकै वेवारिसे अवस्थामा फेला परेका सुनसरी, धरान घर भएका आनन्द राईलाई उद्धार गरी गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा राखिएको थियो।

तर मिति २०८२ साल कार्तिक २६ गते साँझ करिब ४ बजेर ३० मिनेटको समयमा राई सुतेको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मृतकलाई मुटु, लिभर, जण्डिसका समस्या थिए र केही समयअघि हर्नियाको अपरेशन समेत गरिएको बुझिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नेतृत्वको टोली खटिएको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाएको जनाएको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved