ईटहरीमा २५ किलो गाँजासहित दुई पक्राउ

  • कार्तिक ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ईटहरी/ सुनसरीको ईटहरी उप–महानगरपालिका–१३ सोमबारेमा लागू औषध कारोबार भइरहेको विशेष सूचना पाएपछि कोशी प्रदेश लागू औषध ब्युरो विराटनगर र प्रहरी चौकी खनारको संयुक्त टोलीले लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ।

१७:४० बजे गणेश पेट्रोल पम्प अगाडिबाट २ वटा बोरा राखेर बसिरहेका आकाश पटेल  र रवि सरदार  लाई प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूको बोरा खोल्दा प्याक गरिएको अवस्थामा २५ किलो (पच्चिस किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ।

दुवैलाई गाँजासहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ईटहरीमा बुझाइएको छ।

उनीहरू कहाँबाट गाँजा ल्याइएका हुन् र कसलाई पुर्‍याउन लागिएको थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ। 

 

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved