धरान/ सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। गएराति करिब १ बजे सशस्त्र प्रहरी बलको बेस क्याम्प(बीओपी) लौकहीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए। प्रहरीका अनुसार भारतबाट चिनी लोड गरी सिटी सफारीमार्फत नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा साहमाथि गोली प्रहार गरिएको हो। मृतक साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी भारतबाट नेपाल ल्याइरहेका थिए। तस्करी नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको सशस्त्र प्रहरीको दाबी छ।
झापा/ झापाको भद्रपुर नगरपालिका–१ मा विद्यालय जाने क्रममा एक नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ साल पुस १३ गते बिहान करिब १० बजे विद्यालयतर्फ जाँदै गरेकी १४ वर्षीया नाबालिगलाई बाटोमै रोकी जिस्क्याउने तथा अश्लील हर्कत गरी हैरानी दिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका–१ निवासी करिब ४० वर्षीय मंगल टुडुलाई मिति २०८२ साल पुस १४ गते इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो। प्रह
सुनसरी/ मोरङको केराबारी गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरेर लागूऔषध गाँजा तस्करी भइरहेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। प्रहरीले एम्बुलेन्सभित्र लुकाइछिपाई ल्याइँदै गरेको ५ सय २१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो। आइतबार राति करिब ११ बजे केराबारी–५ लाफा टोल क्षेत्रमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले एम्बुलेन्स चेकजाँच गरेको थियो। प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले प्र–१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेपछि चालक र सवार व्यक्ति फरार हुन खोजेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी स
सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।. बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्। प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ। उदयपुर
विराटनगर/नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ। यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो। सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते
धरान/ केही समयदेखि विभिन्न कारणले बन्द रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सुलभ तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित शुक्रबारदेखि फार्मेसी सेवा पुनः सुरु गरिएको हो। पौष ११ गते आयोजित एक कार्यक्रमबीच प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमा सटर खोलेर फार्मेसीको औपचारिक उद्घाटन गरेका हुन्। प्रतिष्ठानले सञ्चालनमा ल्याएको फार्म
वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ७ बाङ्गे बजारमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले १ दिवसिय निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ । नव दृष्टि आई हस्पिटल इटहरीको सहकार्य र वराहक्षेत्र नगरपालिका वडा नं ७ को कार्यालयको समन्वयमा जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरले निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको शाखा प्रमुख चन्दन कुमार कामतले जानकारी दिए । कार्यालय प्रमुख कामतका अनुसार जीवन बिकाश लघुबित्त बितिय संस्था लि शाखा कार्यलय महेन्द्रनगरको सामाजिक उत्तरदाहित्व कार्यक्रम अनुसार निशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको थियो । शिबि
धरान/ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ। प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्। नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्
धरान/धरान–१३ निवासी २८ वर्षीय राकेश मरिकलाई १५० केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ। अवैध लागूऔषध ओसार–पसार नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले शंकास्पद टेम्पो चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो। धरान–१३ फुस्रेस्थित सशस्त्र प्रहरी सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति करिब ८:१५ बजे धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई धरान–१३ अमरपथमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टेम्पोभित्र पाँ
धरान/सुनसरीको धरान उप–महानगरपालिकामा लागू औषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष निगरानी अभियानमा दुई फरक स्थानबाट ठूलो परिमाणमा नशालु औषध बरामद गरिएको छ। मिति २०८२।०९।०३ गते दिउँसो १३:४० बजे, धरान–१३ विशाल मार्ग क्षेत्रमा लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले २८ वर्षीय सञ्जय तामाङको कोठामा खानतलासी गरेको थियो। सो क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल १६७ ट्याब्लेट र स्पास्पेन ५७२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, मिति २०८२।०९।०२ गते राति २२:०० बजे, धरान–५ देउराली क्षेत्रमा लागू औषध ओसारपसा