नयन मिडिया फाउन्डेसनद्वारा सुनसरीका ३०० सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा

  • पुस १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ।

आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।

सम्झौता अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिने अध्यक्ष अधिकारीले जानकारी दिए। बिमा अन्तर्गत कामको सिलसिलामा दुर्घटनामा परेर घाइते भएमा १ लाख रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

बिमा गर्नका लागि सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र, लाइसेन्स तथा सञ्चारगृहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिले आयोजना गरेको कोशी एक्सिलेन्स अवार्डमा सुनसरीका ३१४ जना सञ्चारकर्मीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको थियो। यस वर्ष उक्त बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनले जनाएको छ।

फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेल मा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबिच औपचारिक रूपमा बिमा सम्झौता गरिने जनाइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved