बोलेरो गाडीमा ७६३ केजी गाँजा बरामद, दुई जना पक्राउ

  • पुस १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
 
गएराती विशेष सूचनाको आधारमा चौदण्डीगढी नगरपालिका–३, पैँतालिस चोकमा गरिएको चेकजाँचमा ७६३.७६ किलो गाँजा फेला परेको छ।.
 
बरामद गाँजा बोकेको बोलेरो गाडी (को १ ज ३४५६) पूर्व रामपुरबाट पश्चिम गाईघाट तर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। गाडीमा सवार चालक रविन कुमार राई (२३, बेलका–६) र अर्का व्यक्ति राम बहादुर राई (२८, बेलका–९) पनि पक्राउ परेका छन्।
 
प्रहरीले गाडी, चालक र बरामद गाँजा इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
 
उदयपुरमा पछिल्लो समय प्रतिबन्धित लागूऔषध गाँजाको ओसारपसार बढेको र यसको नियन्त्रणका लागि जनचेतना कार्यक्रम र सुरक्षा उपायलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको प्रहरीको भनाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved