बीपी प्रतिष्ठानमा २४सै घण्टा सबै प्रयोगशाला सेवा, रिपोर्ट अब २–३ घण्टामै

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी उपचारलाई थप छरितो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित सबै प्रयोगशाला सेवा अब सातै दिन, चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ।
 
प्रतिष्ठानले हाल सञ्चालनमा रहेका इर्मजेन्सी ल्याब र रुटिन ल्याबलाई एकीकृत गर्दै ‘सेन्ट्रल ल्याब’ प्रणाली लागू गर्ने निर्णय गरेको हो। उक्त सेवा पुस ५ गतेदेखि सुरु भएकाे प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन्।
 
नयाँ व्यवस्थाअनुसार अटोमेटिक, सेमी–अटोमेटिक तथा किट–बेस प्रविधिबाट गरिने सबै प्रयोगशाला परीक्षणका रिपोर्ट इर्मजेन्सी तथा इएचएस सेवाका बिरामीलाई नमुना प्राप्त भएको दुई घण्टाभित्र र ओपिडी तथा आइपिडी सेवाका बिरामीलाई तीन घण्टाभित्र उपलब्ध गराउने लक्ष्य लिइएको छ।
 
यसअघि इर्मजेन्सी ल्याबबाट सीमित परीक्षण मात्र हुँदै आएकोमा अब सेन्ट्रल ल्याबमार्फत सबै प्रकारका प्रयोगशाला परीक्षण सेवा दैनिक २४सै घण्टा उपलब्ध हुनेछ। यसले रुटिन र इर्मजेन्सीका लागि छुट्टाछुट्टै नमुना पठाउनुपर्ने झन्झट अन्त्य गर्नुका साथै वार्ड राउण्डका समयमा बिरामीका रिपोर्ट समयमै प्राप्त हुने अपेक्षा गरिएको प्रतिष्ठानले जनाएको छ।
 
प्रतिष्ठानका अनुसार इर्मजेन्सी, आइपिडी तथा इएचएस सेवाका लागि नमुना संकलन चौबिसै घण्टा हुनेछ। ओपिडी तथा बाह्य रेफरलका बिरामीका लागि फागुनदेखि कार्तिकसम्म बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म (शुक्रबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म) नमुना संकलन गरिनेछ।
 
यस्तै, मंसिरदेखि माघसम्म बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म र शुक्रबार बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म नमुना संकलन हुने प्रतिष्ठानले स्पष्ट पारेको छ।
नयाँ व्यवस्था लागू भएसँगै बीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले छिटो सेवा र समयमै रिपोर्ट पाउने विश्वास लिइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved