धरानका राकेश १५० केजी गाँजासहित पक्राउ

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–१३ निवासी २८ वर्षीय राकेश मरिकलाई १५० केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

अवैध लागूऔषध ओसार–पसार नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले शंकास्पद टेम्पो चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

धरान–१३ फुस्रेस्थित सशस्त्र प्रहरी सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले सोमबार राति करिब ८:१५ बजे धनकुटाबाट चिण्डेडाँडा हुँदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई धरान–१३ अमरपथमा रोकेर जाँच गरेको थियो। जाँचका क्रममा टेम्पोभित्र पाँच पोका गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र प्रयोग भएको टेम्पोसहित पक्राउ परेका मरिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको डिएसपी आचार्यले जानकारी दिए। सशस्त्र प्रहरीले लागूऔषध नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved