धरान / धरान– ९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमविविएस इन्ट्रास पास गर्ने आफ्ना विद्यार्थी र अभिभाबकलाई सम्मान गरेको छ । नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा प्रकाशित एमविविएसको प्रवेश परीक्षा नतिजामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा तिनका अभिभावकहरूलाई विद्यालयले विहिबार सम्मान गरेको हो । विष्णु मेमोरियलबाट एमविविएसकोे प्रवेश परीक्षामा अधीश खतिवडाले ११ औं स्थान र विक्रान्त गुरागाईँले २०२ औं पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भएका थिए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बेनिन्द्र कटवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू तथा
धरान / सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ । सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्
धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव
धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को अवसरमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मूक्ति समाज धरानले दीप प्रज्ज्वलन गरेको छ । धरानको मुख्य बजार भानुचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गर्दै मूक्ति समाजले विभेदका विरुद्ध कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षले अठोट गर्नु पर्नेमा जोड दिएको छ । शुभकामना मन्तव्य कार्यक्रम, एमालेका प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद शेर्पाले जातीय विभेद सभ्य समाजको कलङ्क र समृद्धिका लागि प्रत्युत्पादक भएको धारणा राखे । दीप प्रज्ज्वलन कार्यक्रममा मूक्ति समाजका केन्द्रीय सदस्य खगेन्द्र नेपाली, नेकपा एमालेका केन्द्रीय सद
धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो । नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए । विश्व मुख
इटहरी / आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे । विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी देखिएका थिए । मन्टेश्वरीले किताबी अध्ययनमा मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरुले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता विर्सिदै गएका छन् । यही क
भोजपुर/ यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ । देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । पु
इलाम / इलामको रोङ गाउँपालिका ३ चामे टारका ७० वर्षीय कमल बहादुर खवासको दैनिकी राजमार्गसँग जोडिएको छ । २०५२ सालदेखि नै राजमार्गमा साग बेच्दै आएका खवासको राज मार्ग सँगको सम्बन्ध नङ र मासुको झैँ बनेको छ । उनी सुत्न मात्र घर जान्छन् । दैनिक रुपमा राग मार्गमा पर्यटक र ग्राहकको पर्खाइमा बसेका खवासको उमेर ७० वर्षको भयो । उमेरले डाँडो काटे पनि उनीमा जाँगर हराएको छैन । एक मुठाको पचास पैसा हुँदा देखि राजमार्गको छेउमा बसेका कमल अहिले पनि त्यही राजमार्गमा छन । सधैँ एक घण्टाको बाटो धाएर व्यापार गर्न आउने खवास ७० वर्षको हुँदा पनि त्यो बाटो हिँड्न छोडेका छैनन् । रोङ गाउँपालिकाको पाथीभरा र त्यसैमा रहेको हाँस
धरान / धरान–१६ अन्नपुर्ण चोक स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।नया सुविधा सम्पन्न भवनमा स्कुल सरे पछि पहिलो पटक विद्यालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट विद्यालयका अभिभावक र स्थानीयबासी गरी २५० जना लाभान्वित भएको यु.एन. नबोदय हेल्पिङ ह्यान्डका संयोजक राम बहादुर लिम्बुले जानकारी दिए । धरान उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिविरमा
इलाम / गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै कोरिया पठाए । छ महिनाका लागि भन्दै पठाएका कामदार अहिलेसम्म फर्किएका छैनन् । त्यसपछि इलाममा सिजनल कामदारको रूपमा कोरिया जान सबै युवा उत्सुक छन् । पछिल्लो समय कोरियाको आकर्षणले गर्दा बिहान देखि बेलुका सम्म भाषा पढ्नेको भिड हुन्छ भने सिप सिक्नेमा पनि त्यतिकै भिड हुने गर्दछ । सरकारले कोरियामा नेपालबाट मौसमी कामदारका रूपमा लैजान रोक लगाएको छ । तर इलाममा भने कामदारको रूपमा पठाउने भन्दै तालिम सेन्टर सञ्चालन भइरहेका थिए । हाल कुनै पालिकामा मौसमी कामदार लैजाने सहमति नभए पनि इलाममा कोटा आएको छ भन्दै तालिम दिने काम भइरहेको थियो