सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार अझै पनि अभिभावक पढाउन चाहँदैनन्

  • बैशाख ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / शिक्षा स्थानीय तह मातहतमा आइसकेपछि यसको सुधारका लागि स्थानीय तहहरुले विभिन्न खालका कामहरु अगाडि बढाउन थालेका छन् । विद्यालयको शैक्षिक गुणस्तर के कस्तो छ भन्ने विषयमा स्थानीय सरकार मातहतको वडा कार्यालयलेहरुले अनुगमन गर्ने गरेका छन् ।

पछिल्लो समय धरान उपमहानगरपालिका वडा नं. १६ ले पनि आफ्नो वडामा रहेका सामुदायिक विद्यालयको अनुगमन गरेको छ ।वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै अभिभावकहरुलाई सामुदायिक विद्यालयमै पढाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न १६ नं. वडा समितिले सम्बन्धित पक्षसँग मिलेर अनुगमन गरेको हो ।

स्थानीय तह मातहतमा शैक्षिक संस्थाहरु आएपछि सामुदायिक विद्यालयहरुको गुणस्तरमा केही सुधार आएको भएपनि अभिभावकहरुले अझै पनि आफ्ना नानीहरुलाई सामुदायिक विद्यायलाई विश्वास नगरेको, नीजि विद्यालयमै महंगो शुल्कमा पढाउने गरेको पाइएको छ ।

धरान  १६ मा रहेको शारदा बालिका नमूना मावि धेरै पुरानो सामुदायिक विद्यालय हो । यहाँ छात्राहरुमात्र अध्ययन गर्छन् । २००५ सालमा स्थापित यो विद्यालयले विगतदेखि शैक्षिक गुणस्तरमा ध्यान दिँदै आएको छ । विद्यालयका शिक्षक पदम लुइटेल यहाँ अध्ययनरत विद्यार्थीहरु अनुशासनमा अगाडि रहेको दाबी गर्छन् ।

उनले जेहेन्दार र पढ्न नसक्ने विद्यार्थीहरुलाई छुट्टाछुट्टै क्याटागरीमा राखेर पढाउने गरेको बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आए पनि अभिभावकमा भने सामुदायिक विद्यालयप्रति अझै विश्वास नरहेकोउनको भनाई छ ।

उनले अहिले नीजि विद्यालयभन्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कम नभएको दाबी गरेका छन् ।
बालबाविकादेखि कक्षा ८ सम्म पढाई हुने पञ्चायत आधारभूत विद्यालयमा प्राय ः निम्न आय भएका अभिभावकका विद्यार्थीहरु मात्र अध्ययन गर्ने गर्छन् ।

विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमी नभए पनि विश्वासको कमी भएकोले एक पटक आफ्ना बालबालिकाहरुलाई यस विद्यालयमा पढाएर हेर्न अभिभावकहरुलाई विद्यालयकी सहायक प्रद्यानाक्यापक रमा सिंघक (लिम्बु)ले अनुरोध गरिन् ।


सामुदायिक विद्यालयहरुले नीजी विद्यालय बोर्डिङजस्तै कक्षा १ देखि नै अंग्रेजी माध्ममा पढाइ शुरु गरेका छन् । धरान १६ को भगवती आधारभूत विद्यालय पनि धरानको पुरानै विद्यालयभित्र पर्छ यो विद्यालयमा पनि अहिले अंग्रेजी माध्यमबाट पढाइ हुने गर्छ।

यस विद्यालयमा सुकुम्बासी बस्ती, गरिब तथा असहाय वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकोले विद्यालय पोसाकदेखि निःशुल्क उपलब्ध गराउनेदेखि अन्य कुरामा छुट दिएको छ । तर पनि विद्यार्थीको संख्यामा वृद्धि हुन नसकेको भगवतीका प्रद्यानाध्यापक अच्युत पराजुलीले बताउछन् ।

संस्कृत माध्यमबाट पढाइ हुने धरानकै पुरानो चन्द्र सँस्कृत माविको पनि हालत अन्य सामुदायिक विद्यायको भन्दा फरक छैन । सँस्कृत माध्यमबाट पढाइ हुने धरानकै एक मात्र विद्यालयको शैक्षिक गुणस्तरमा जति सुधार गरे पनि विद्यार्थीको संख्यामा भने वृद्धि हुन नसकेको सहायक प्र.अ. तारा कुमार राई बताउँछन् ।

धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराईले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आए पनि अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयले नसकको बताए । उनले अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार भएको पाइएकोले सम्पूर्ण वडाबासीहरुलाई आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह समेत गरे ।

पछिल्लो समय स्थानीय सरकारले केन्द्रसँग नबाझिने गरी शिक्षा ऐन निर्माण सक्छ । मोरङको मिक्लाजुङ गाउपालिकाले केही समय अगाडि जनप्रतिनिधि, कर्मचारी विद्यालयका शिक्षक तथा शिक्षिकाले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने प्रावधान ल्याएको छ ।

यस्तै प्रावधान अन्य स्थानका स्तानीय तहले गर्न सके सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुदृढ हुने पक्का छ । यसतर्फ धरान उपमहानगरपालिको ध्यान जान जरुरी छ ।

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved