खुशीमान र मेलिना भए मेघाका मिस्टर एन्ड मिस फेयरवेल

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मेघा हिमालयन कलेजले शनिबार आयोजना गरेको ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले हात पारेका छन् ।

उनीहरूको छनोट ‘मिस स्टेट २०२१’ श्वेता भुजेलले गरेकी थिइन् । उनी पनि मेघाकै विद्यार्थी हुन् । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको थियो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । मेघाले यस्तो प्रतियोगिता यसै वर्ष शुरु गरेको हो । अब हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघाका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले बताए । विद्यार्थीमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गर्न थालिएको प्राचार्य भाष्कर पौड्यालले जनाए ।

सोही अवसरमा धरानको इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले विद्यार्थीहरूलाई साइबर अपराध र यसबाट जोगिन अपनाउनुपर्ने सचेतताबारे जानकारी दिएका थिए । यसैगरी, असइ सुमन दाहालले लागूऔषधले व्यक्ति, परिवार, समाज र देशलाई पु¥याउने नकारात्मक असर र यसबाट जोगिने उपायबारे जानकारी दिएका थिए । किशोरावस्थामा कुलत र गलत क्रियाकलापतर्पm लाग्ने सम्भावना बढी हुने भएकाले उनीहरूलाई बेलैमा चेतना दिनु आवश्यक भएको मेघाका अध्यक्ष कैलाश लिम्बूले बताए । ‘यसले उनीहरूलाई असल बाटोमा अघि बढ्न उत्प्रेरणा प्रदान गर्ने हाम्रो विश्वास छ ।’ लिम्बूले भने । कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी सुरज रिजाल पनि उपस्थित थिए ।

त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरेको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जानकारी दिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved