बाको रहर

  • वैशाख १०, २०८०
  • "अस्मिता विष्ट"
alt

मेरी छोरी,
मेरो बिहानीको उदाउँदो घाम !
कुरिरहेछु सधैँझैँ
आज पनि
मनभरि एक समुन्द्र माया बोकेर
तिम्रो अनभिज्ञता,
बेवास्ता र निर्दयताको भङ्गालो
छातीमा बोकेर
सागरभित्र उभिएको एक्लो चट्टानझैँ उभिरहेछु
तिम्रो बा
तिम्रो बन्द ढोकाबाहिर ।

जिन्दगीको असिनाले चुटेर
थलिएको शरीरलाई
स्मृतिको चिसो सिटमा थन्क्याएर,
मिहिन केलाउँदै छु विगत
कनिकाझैँ कुड्किएका सम्बन्धहरू ।

मेरी प्यारी,
मेरो जीवनको सग्लो सूर्य !
आज तिमीलाई नै साक्षी राखेर
खोतल्न मन छ
तिम्रो अनभिज्ञता,
उधिन्न मन छ
हृदयमा गाडिएको
गुनासोका खिल,
पुर्याउन मन छ
पीडाले निथ्रक्क भिजेको आवाज,
तिम्रो हृदयसम्म ।

छ सम्झना तिमीलाई–
मेरो छातीमा टेकेर
आकाश नियालेको,
मेरो करङको सिढी चढेर
शिखरको स्वाद चाखेको,
तिम्रा सहेलीहरूसँग
टाइम पास गर्दै
तिम्रो बाको निधारमा
टाइम नदिने मान्छेको ट्याग लगाएको †

सोध्न मन छ, एकफेर
एयर कन्डिसनयुक्त आरामदायी
शयनकक्षमा बसेर
पचपन्न इन्चको रङ्गीन टेलिभिजनमा
तिम्रो फेबरेट जन्कुकको
लाइभ कन्सर्ट हेर्दै गर्दा
के तिमीलाई थाहा थियो–
ओभर टाइमको ड्युटीले थिचिएर
तिम्रो बा
खैरो बालुवामा
रङहीन जिन्दगी
बूढो गोरुझैँ जसोतसो नार्दैछ ?

मेरी प्यारी,
मेरो जीवनको शीतल जून !
सुन्न मन छ
एकपटक
तिम्रै मुखबाट,
आउँछ कि आउँदैन–
तिमीले प्रयोग गर्ने अत्तरबाट,
तिम्रो आलमारीको ब्रान्डेड कपडाबाट,
तिम्रो हातमा हरदम टाँसिने मोबाइल फोनबाट–
तिम्रो बाको पसिनाको गन्ध ?

मेरी प्रिय,
मेरो जीवनको सिङ्गो ब्रह्माण्ड !
भन्न मन छ तिमीलाई
निस्क अब
भत्काएर भ्रमको चिडियाखाना
हेर अब
च्यातेर भ्रमको कालो पर्दा
अनि बल्ल देख्ने छौ
तिम्रो बाको कमिजमा कट्कटिएको मिहिनेतको पहेँलो टाटो,
देख्ने छौ अनुहारबाट चुहिँदै गरेको नुनिलो पीडा ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved