इटहरीमा पहिचानबादीको आन्दोलन

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

ईटहरी / ईटहरीमा कोशि प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन गरिएको छ। प्रदेश नं.१ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु {लाजेहाङ} को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो।

342567157_886260975803695_1550238294266787255_n

विराटनगर प्रशासनले  दमन गरेको हुदा आन्दोलन गरिएको पहिचानबादीहरूले बताए।‘

ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका लागि हामीले सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौँ ।’

काफ्लेका अनुसार अहिले पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी साधानमा समस्या भएको छ । मुख्य चौकमै प्रदर्शनसहित पहिचानको आन्दोलन हुँदा समस्या भएको बताए ।

उनका अनुसार धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ मोडिएका छन्
यस्तै, पश्चिमतर्फबाट आएका सवारी साधन भने बसपार्क हुँदै पठाइएको छ । पूर्वबाट इटहरीतर्फ आएका सवारी साधन बूढीखोला नजिकैबाट दक्षिणतर्फ पठाइएको छ ।

सवारी साधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू परिचालन गरिएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved