वार्षिकोत्सवको अवसरमा निःशुल्क परीक्षण

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरान १ मा रहेको स्पार्क फाइभ अस्पताले ९ औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा १ सय २० जना सर्वसाधारणले निःशुल्क परीक्षण गराएका थिए ।

341285058_1209299499780935_3927651678795975546_n 341811331_1273945716664063_641442207387287234_n

डा. सुनिलकुमार पौडेलको प्रमुख आतिथ्य तथा देवरत्न शाक्यको अध्यक्षतामा अस्पतालकै प्रांगरणमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा प्रमुख अतिथि समेत रहेका बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेल र डा. तारा भुजेलबाट चेकजाँच गरिएको थियो ।

विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको शिविरमा ढाँड, कम्मर, गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरामीहरुको चेकजाँच गरिएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि उपचार गराउन नपाएकाहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा बाथरोग, युरिक एसिड, शरीर झमझमाउने, प्यालाइसिस, मुख बाँगिएको उपचार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बार्षिकोत्सवको अवसरमा शिविरमा आएकाहरुलाई ल्याव परीक्षणमा २० प्रतिशत, निःशुल्क औषधि वितरण, उपचार तथा वेड भर्नामा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

341318295_498147955736171_1851216243836540836_n

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved