नीजि छाडेर सामूदायिकमा विद्यार्थीको आकर्षण

  • वैशाख १२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाईं हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नीजि विद्यालयका विद्यार्थी सामूदायिकमा आकर्षित भएका छन् ।

पछिल्ला वर्ष राष्ट्रिय माध्यमिक विद्यालयले लोभलाग्दो प्रगति हासिल गर्दो छ । राष्ट्रिय माध्यमिक विद्यालयमा बर्सेनि निजी विद्यालय छाडेर विद्यार्थी भर्ना हुन आउने गर्छन् । यस वर्ष त विद्यालयमा भर्ना हुन विद्यार्थीको चाप थामि नसक्ने गरि भएको छ।

विद्यालयका लागि नयाँ भर्ना बालविकासदेखि कक्षा ९ सम्म १२४ जनाको कोटा तोकेको छ । त्यसको चार गुण बढी ४५३ जनाले सोमबार प्रवेश परीक्षा दिएका छन् । विद्यार्थीको घुइँचो लागेकै कारण यस वर्ष विद्यालयले ५० पूर्णङ्कको लिखित परीक्षा र १० पूर्णङ्कको मौखिक परीक्षा लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए ।

विद्यालयले विगतका वर्षमा पनि नयाँ भर्नाका लागि लिखित परीक्षा लिदै आएकोमा यस वर्षदेखि थप मौखिक परीक्षा पनि लिएको प्रधानाध्यापक सरणकुमार बस्नेतले बताउनुभयो ।राष्ट्रिय माध्यमिक विद्यालयमै पहिला पहिला घर घरमा विद्यार्थी खोज्न हिड्नु पथ्यो । तर, पछिल्लो समय हरेक कक्षाको नतिजा राम्रो आउन थालेकाले गर्दा विद्यार्थीको चाप बढेको हो ।

IMG_20230425_115945

भौतिक संरचना र शिक्षक दरबन्दीले धान्न सक्ने गरि मात्र विद्यार्थी भर्ना गर्ने हुँदा आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ हुने गरेको विद्यालयले जनाएको छ।सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको अभिभावक बताउँछन् ।

सामूदायिक विद्यालयमध्ये पनि गुणस्तरीय शिक्षाका लागि राम्रो लागेर राष्ट्रिय माध्यमिक विद्यालयमा छोराछोरी भर्ना गर्न चाहेको इटहरी वडा नं. २ की ममिता बस्नेतले बताउनुभयो ।

राष्ट्रिय माध्यमिक विद्यालयमा यस वर्ष वालविकासदेखि कक्षा ९ सम्म कुल ७९५ जनाको भर्ना कोटा रहेको छ। यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषय समूहमा पठनपाठन हुने गरेको छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ्को पनि पठनपाठन हुने गरेको छ ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved