एम्स आइडलको उपाधि सुपल र पुष्पालाई

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्पm सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् ।

एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फदोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश राई, प्राचार्य मित्र तामाङलगायतले उनीहरूलाई ट्रफी वितरण गरेका थिए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि मञ्च प्रदान गर्न यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरिएको एम्सका व्यवस्थापन संयोजक दुर्गा सुवेदीले बताए ।

कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘एम्स आइडल’ पनि जोडिएको थियो । त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूले अप्रतियोगी रूपमा पनि विभिन्न गीत र नृत्य प्रस्तुत गरेको स्नातक तह संयोजक हेमन्त भण्डारीले जनाए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved