विराटनगर । प्रदेश १ मा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्जस्थित क्वारेनटाइनमा २ जनामा कोरोना देखिएको हो । जसमा ६ जना पुरुष र ४ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा कोरोना संक्रमितको सख्या ८५ पुगेको छ । यता, विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका विराटनगर ६ का ३१ वर्षीय पुरुष र २१ वर्षीया महिलामा संक्रमण देखिएको हो । उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षण भएको थियो । विराटनगरमा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ । आजै झापाको दमकमा २ पुरुष र १ महिला त
विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सदनमा विनियोजन विधेयकमाथि मन्त्रालयको बजेट शीर्षकमा उठेका विषयमा जवाफ दिएका छन् । उनले प्रदेश सरकारले कृषि क्षेत्रको लागि छुट्याएको अनुदान सही व्यक्तिले नपाएको भन्दै प्रश्नको जवाफ दिदैंभने,“प्रदेश प्रमुख कृषि नवप्रवद्र्धन कार्यक्रमको १२ करोड समानुपातिक हिसाबले खर्च होस भनि कुरा उठेका छ । सरकारले यसमा ध्यान दिनेछ ।” उनले कोरोनाको बेला तालिम र गोष्ठी धेरै भएकी भनेर उठाएको सवालमा नवप्रवद्र्धन कृषि कार्यक्रममार्फत विदेशबाट आउने र कृषिमा आबद्ध हुन चाहनेलाई छनोट गरी तालिम दिने बताए । मन्त्री मगरले रु. ५
विराटनगर । वर्षासंगै मोरङको बक्राहा खोलामा उर्लिएको बाढीले बगाएर मोरङमा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका वडा नम्बर ५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहलाई बक्राहा खोलाले बाढीले बगाउँदा मृत्यु भएको छ । बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाएको र बेपत्ता भएकोमा आज शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा खोलाले बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा साहलाई मृत अवस्थामा फेला पारेको उक्त बताइएको छ ।
विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. १ मा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्की र जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काललाई विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका छन् । उद्योग संगठन मोरङले विहीबार स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना औपचारिक रुपमा डिआईजी र एसपीलाई न्यानो स्वागत गरेको हो । भेटघाट तथा स्वागत कार्यक्रममा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानीय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताए । भने,“निजी क्षेत्र र प्र
आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । बुधबार, सृजनशिल नेपाल धरान ६ को सभा हलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरुमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशिलतकामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सृजना, अवशरको विश्लेषण, स्रोत व्यवस्थापन, वजारको खोजी सम्बन्धी विषयमा ता
बेलबारी / बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेका छन । छैटौ नगर अधिबेशन बाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ । नगर अधिबेशनले नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिएको छ भने केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । निम्न योजनाहरुलाई नगरपालिकाले गौरवका आयोजनाका रुपमा लिएको छ । गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र
धरान / धरान उमहानगरपालिकको नगर सभा तयारीको लागि हिजो बसेको कार्यपालिका बैठकमा काङग्रेस निकट वडा सदस्यहरुले अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कार्यपालिका बैठक भाडिएको थियो । उक्त घटना प्रति मेयर तिलक राईले क्षमा मागेका छन् । आज बसेको कार्यपालिका बैठकको सुरुवातमै मेयर राईले सम्बोधनको क्रममा माफि मागे पछि बैठकले निरन्तरता पाएको हो । कार्यपालिका जस्तो मर्यादित ठाउँमा काङग्रेस निकट वडाध्यक्षहरु अभद्र व्यवहार पर्दशन गर्दा मेयर राईले रुलिङ गर्नु पर्नेमा मौन सर्मथन गरेको नेकपा निकट वडाध्यक्षहरुले आरोप लगाएका थिए । यस अघि नगरभाको लगि उद्योग बाणिज्य संघको हल तोकिएपनि हिज
पथरी असार १०। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० अवस्थित केबी मेमोरियल बोर्डिङ नजिकै रहेको वर्ष ६४ का चक्रबहादुर खड्काको गत असार ८ गते साइकल–मोटरबाइक सडक दुर्घटनाका कारण निधन भयो । पोष्टमार्टमको काम सकेर उहाँको दाहसंस्कार ९ गते बिहान स्थानीय डाँस खोला घाटमा भयो । २ वर्षअघि श्रीमती गुमाएका ६ छोरीका धनी दिवंगत खड्काको अन्त्येष्टि कर्मलाई कसरी सम्पन्न गर्ने रु समाजमा चियोचर्चो बढ्न थाल्यो । दाजुभाइहरू नै चाहिन्छ काजकीरियाका लागि भनेर तर्क–कुतर्कहरू यहाँ उठे । कसैले दाजुभाइ झिकाउनुपर्छ भने भनि कसैले आसाममा बसोबास गर्ने दाजुभाइलाई काजकीरियाको भागी बनाउनुपर्छ भन्ने तर्क अ
मोरङ पथरी शनिश्चरे नपा वडा नं. १ धिमाल ग्रामथानभित्र स्थायी बसोबास गर्ने ७७ वर्षिय रेशमलाल चौधरी र उनकी श्रीमती ७१ वर्षिय ठगुनी चौधरीको जनजीवन यतिबेला एकदमै नाजुक रहेको कुरा आज बिहान मात्र बुझिनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण जारी लामो लक डाउनको परिपालनाले जनमन गरिखाने स्थिति पनि नरहेको चौधरी परिवार बताउछ । जन्मँदै हातगोडा नै नचल्ने ४० वर्षिय पूर्ण अशक्त सुनिता चौधरीका बुबा–आमा रेशम र ठगुनी समय मिल्नेबित्तिकै निगुरो काट्न जंगल जाने र यसलाई हाटबजारमा ल्याएर बेचबिखन गर्ने गर्दथे । यसबाट प्राप्त रकमले साँझबिहानको जोहो गर्ने चौधरी परिवार अहिले लक डाउनको विषम परिस्थितिमा भरपेट
धरान । नगरसभाको अन्तिम तयारिको लागि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक मा नेपाली काङ्ग्रेस निकट वडाध्यक्षयले गुन्डागर्दी शैलिमा बैठक भाड्न खोज्दा पनि मेयरले रुलिङ नगरेको भन्दै माफी नमागे सम्म बैठक बहिष्कार कार गरेका छन् । मङलबार साझ बसेको बैठक मा काङ्ग्रेस निकट वडाध्यक्षले नेकपा निकट वडाध्यक्षले आइतबार बुझाएको बजेट सिलिङ पेश गर्दा बजेट सिलिङ च्यातिदिदै अपशब्द प्रयोग गरेको बैठक बहिष्कार गरेको थिए । टेबल ठोक्ने, अपशब्द प्रयोग गर्दा समेत मेयर तिलक राइले आफ्नै पार्टिका अध्यक्ष हरुलाइ समर्थन गर्दै रुलिङ समेत नगरेको भन्दै माफी नमागे सम्म कुनै पनि बैठक मा सहभागी नहुने बताएका छन् । नेकप