प्रदेश एकमा सरकार परिवर्तनको चर्चा "मुख्यमन्त्रीको पद धरापमा"

  • पुस ८, २०७७
  • "तेजबहादुर बन "
alt

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटनको घोषणा गरेसंगै फुटको संघारमा पुगेको नेकपाको विघटन केन्द्र देखि प्रदेश हुदै स्थानीय स्तर सम्म आइपुगेको छ ।

औपचारीक रूपमा बिभाजित हुन थालेको नेकपा बिवादले प्रदेश एकमा सरकार परिवर्तन हुने सम्मको चर्चा चुलिएको छ । केन्द्रमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड पक्षले बेग्ला बेग्लै बेठक डाक्दै केन्द्रीय सदस्यहरू तानातान गर्न थाले पछि यता प्रदेश एकमा भने सरकार परिवर्तनको हल्ला चुलिएको हो । नेकपाको गुटगतरुपमा बेग्ला बेग्लै समिती गठन हुन थाले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने र सरकार परिवर्तन हुन समय नलाग्ने सुनसरीका नेताहरूको भनाइ छ । संसद बिघटन पछि पार्टीमा उत्पन्न बिवादका कारण प्रधानमन्त्री ओली स्वयम अल्पमतमा पर्ने उनीहरु बताउँछन् ।

अंक गणितीय हिसाबले प्रदेश एक सरकारमा पनि ओली पक्ष कमजोर देखिएकोले भोली के हुन्छ त्यो अहिले यकिन नभएको नेकपाका सुनसरी सचिवालय सदस्य तथा इटहरी नगर सह–इन्चार्ज युवा नेता भीम सुवेदी सागर बताउँछन । ९३ सदस्य रहेको प्रदेश नम्बर १ मा अहिले नेकपाबाट ६७ जना, नेपाली काँग्रेसबाट २१ जना, जनता समाजवादी पार्टीबाट ३ राप्रपाबाट १ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद रहेका छन ।

प्रदेश एक सरकारमा ओली पक्षका मात्र हिसाब गर्दा पूर्व एमालेका ५१ सांसद रहेका छन्, जसमा ३१ जना नेपाल पक्षका रहेका छन । त्यस्तै पूर्व माओवादी तर्फ १६ संसद रहेका छन । केन्द्रमा देखिएको बिभाजनले प्रदेश एकका मुख्यमन्त्री राइ स्वयम अल्पमतमा पर्ने छन । केन्द्रमा प्रचण्ड र नेपाल पक्षका सदस्यहरु एक भए जस्तै प्रदेशमा पनि एक भए मुख्यमन्त्रीको पद नै धरापमा पर्ने विश्लेषण हुन थालेको छ । प्रदेश एकमा प्रचण्ड र नेपाल पक्षका संसदहरूले अविस्वासको प्रस्ताव पेस गरे मुख्यमन्त्रीको पद धरापमा पर्ने सुवेदीको भनाई छ ।

उनले अहिलेको बिद्ममान परिस्थितिलाइ हेर्दा पार्टी फुटको संघारमा पुगिसकेकोले प्रदेश देखि स्थानीय स्तर सम्म यसको असर पर्ने बताए । प्रदेश एकमा ओली पक्ष कमजोर भएकोले नेपाल र प्रचण्ड पक्ष हाबि हुने उनी बताउँछन् । पार्टी फुटेमा सात वटै प्रदेशमा सरकार परिवर्तन हुन सक्ने उनको अनुमान छ ।

यता एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राइले संसद बिघटन हुनु दुखद रहेको बताउँदै तत्काल प्रदेश एकमा सरकार परिवर्तन नहुने बताएका छन ।

सोमबार झापाको भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीको समुदघाटन समारोहलाइ सम्बोधन गर्दै मुख्य मन्त्री राइले केन्द्रमा पार्टी बिभाजनको हल्ला चलेपनि प्रदेशमा भाइचाराको सम्बन्ध कायमै रहेकोले तत्काल सरकार परिवर्तन नहुने प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री राइले भने, ‘बिरालोलाई ढोका थुनेर चुट्दाको परिणाम जे हुन्छ, त्यही अवस्था सिर्जना भयो, संसद बिघटन दुखद बाध्यता हो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved