धरान । पर्यटन प्रवद्र्धनमा अघि बढ्दै गरेको धरानमा थप पर्यटकीय गन्तव्य निर्माण भएको छ । धरान १३ मा पुरानो फुस्रे बजारको झल्को दिने गरिका मुर्तिहरुको पार्क निर्माण गरिएको छ । पार्कले धरानको पर्यटकीय गन्तव्य थपिएको स्थानीयहरु बताउँछन् ।
फुस्रे बजार धरानको पुरानो बजारमा पर्छ । कोशी पहाडी जिल्लाबाट बजार भर्न आउनेहरुका लागि मुख्य बजार बनेको थियो ।
धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो ।
त्यही ऐतिहासिक बजारको रुप दिन अहिले फुस्रे चौंकमा पुराना व्यापारीहरु, बजार भर्दै गरेको स्थानीयहरुको मुर्तिहरु राखिएको छ । मुर्तिहरुलाई फुस्रे चोकस्थित ज्येष्ठ नागरिक विश्रामलयभित्र स्थापना गरिएको छ ।
कलात्मक मुर्तिहरुसँगै विभिन्न प्रकारका मौलिक सामग्रीहरु पनि संकलन गरेर राखिएको छ । ती सामग्रीहरुको फुस्रेमा व्यापार हुने गरेको थियो । पहाडी क्षेत्रका मानिसहरु ढाकरमा सामान बोकेर फुस्रे आउथे भने तराईका व्यापारीहरु पनि यहाँ आउने गरेका थिए ।
मंगलबार पार्कको एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्तिहरुको अनावरण गरेका हुन् । वडा कार्यालयको आर्थिक सहयोगमा ऐतिहासिकता झल्कने मुर्तिहरु स्थापना गरेको हो । उक्त मुर्ति कलाकार धिरज राईले बनाएका हुन् । वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार १५ लाख बजेट विनियोजना गरिएको थियो ।
ज्येष्ठ नागरिक एवं पुर्वप्रअ कुमारमान श्रेष्ठले फुस्रे पुरानै लयमा फर्किने अपेक्षा गरे । निर्माण समितिका अध्यक्ष गौतम श्रेष्ठले सबैको साथ सहयोगले फुस्रेको ऐतिहासिकता झल्काउन सकिएको बताए ।
उनका अनुसार चोकमा रहेको विश्रामलयमा धरानको खानेपानीको स्रोत जलाधार क्षेत्रको त्रंmक्रिटले निर्माण गरिएको छ । कार्यक्रममा वडाका ११ जना ज्येष्ठ नगारिकहरुलाई वडाअध्यक्ष काफ्लेले दोसल्ला ओढाएर सम्मान पनि गरेका थिए ।