रेडपाण्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षारोपण

  • पुस ८, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम । विश्वमै लोपोन्मुख रुपमा रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँच स्थित जौवारीमा वृक्षारोपण शुरु गरिएको छ ।

रेडपाण्डा आवत जावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण थालिएको हो ।

लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका अध्यक्ष धनबहादुर खाम्दाक बताउँछन ।

उनी भन्छन ‘नेपाल र भारतको सिमा क्षेत्रमा पर्ने यस ठाउँमा भारत तर्फ सिंहलिला नेशनल पार्क रहेको छ, त्यो संरक्षित एरिया रहेको छ र नेपाल तिरचाँहि जंगल विनास भएर गएको छ, निजी आवादीकमा गोठहरु राखेर पनि जंगल विनाश भईरहेको छ ।’

नेपालतिरको जंगल विनास भएको कारण वन्य जन्तु आवत जावतको लागि समस्या भएकाले त्यसको समाधानको लागि नेपाल र भारतको विचको जैविक मार्ग जोड्नको लागि पनि वृक्षारोपणको काम थालिएको उनले बताए ।

रेडपाण्डाको चरिचरन तिब्र भएको र वनजंगल विनास भएसँगै निजि आवादीमा रेडपाण्डाको वासस्थान मासिएको कारण संरक्षण थालिएको हो । संस्थाले गत वर्ष एक सय ७५ रोपनी जग्गा र यस वर्ष एक सय ९८ रोपनी जग्गा खरिद गरेर वृक्षारोपणको काम शुरु गरेको हो ।

संरक्षित क्षेत्रमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाई छ । करिव तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने क्षेत्रकोे आसपासमा रहेका सरकारी जग्गा समेत समेटेर करिब सातसय रोपनी क्षेत्रफलमा वृक्षारोपणको काम थालिएकोे छ ।

रेडपाण्डाको आहाराको रुपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुँरास जस्ता वनस्पती लगाईएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटलाईट कलरिङ गरेको छ ।

रेडपाण्डा संरक्षणसम्बन्धी पढाई

संरक्षणका लागि रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा रेडपाण्डा संरक्षण सम्बन्धी पढाइ शुरु गरिएको छ । उत्तरी इलामको रेडपाण्डा पाइने क्षेत्रमा रहेका सामुदायिक विद्यालयका कक्षा ६ र ७ मा ऐच्छिक रुपमा वातावरण संरक्षण शिक्षा पढाइ शुरु गरिएको हो ।

स्थानीय समुदाय र रेडपाण्डाको बासस्थानसँग सीधा सरोकार रहेकाले संरक्षण शिक्षा जरुरी भएको संरक्षणमा क्रियाशील संस्था उच्च पहाडी संस्थाले जनाएको छ ।

घाँस, दाउरा, निगालो र मालिङ्गोजस्ता महत्वपुर्ण वन पैदावार संकलनका क्रममा स्थानीय समुदाय रेडपाण्डाको वासस्थानमा आश्रित भएकाले संरक्षणमा चुनौति देखिएको छ ।

वातावरण संरक्षण शिक्षाले विद्यार्थीलाई रेडपाण्डा र वातावरण संरक्षणमा अभिप्रेरित गर्ने बताइएको छ । रेडपाण्डा संरक्षणका लागि सन २००७ देखि रेडपाण्डा नेटवर्कले संरक्षणमा काम गरिरहेको छ ।

२०१९ मा रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गर्न ६७ लाख १८ हजार रुपैयाँको कार्यक्रम तय गरिएको थियो । सन २०१८ भने ६९ लाख ३० हजार आठ सय रुपैयाँ इलाम जिल्लामा मात्रै खर्च भएको थियो । रेडपाण्डा संरक्षणका लागि कोरिडोर निर्माण गरि जग्गा ब्यस्थापनका लागि पनि काम अघि बढेको छ ।

संरक्षणमा चुनौती

बर्षेनी रेडपाण्डा संरक्षणका लागि खर्च गरिरहेपनि संरक्षणमा चुनौती बढिरहेको छ ।

इलामको सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगेथाम, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा पाइने मालिंगो र भालुचिण्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा बिक्री गर्न थालेपछि रेडपाण्डा झन संकटमा पर्न थालेको हो ।

लजालु स्वभावको भएकोले जंगली जनावर र कुकुरले सजिलै आक्रमण गर्ने हुदाँ पनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन ।

रेडपाण्डा संरक्षणका लागि नेटवर्क मार्फत इलाम, पाँचथर र ताप्लेजुङमा क्यामेरा राखिए पनि कति रेडपाण्डा छन् भन्ने तथ्याङक नेटवर्कले निकाल्न सकेको छैन ।

इलाम सहित पाँचथर र ताप्लेजुङ्गमा रेडपाण्डा संरक्षण सम्बन्धी कार्यक्रम शुरु गरिएका छन् । सरकारले रेडपाण्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्म पाँच वर्षे कार्ययोजना बनाएको छ । सोही कार्यक्रमका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved